बिर्तामोड । झापामा पिसिआर ल्याव स्थापना गर्न जनस्तरबाट दैनिक रुपमा रकम जुटने काम भईरहेको छ । कोटिहोमस्थित समर्पण भवनमा कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब स्थापना गर्ने दृढता राखेर निरन्तर सक्रिय बनिरहेका एकका लागि एक अभियानका अभियन्ताहरुलाई दताहरुबाट रकम लिन भ्याईनभ्याई हुन थालेको छ । अभियानले साउन १ गते देखि ल्याव संचालनमा ल्याउने बताए पछि आजभोली रकम सहयोग गर्ने दाताहरु ह्वात्तै बढेका छन । दिनै पिच्छे एकलाख देखि ६ लाख सम्म रकम अभियनलाई प्राप्त हुन थोलेको छ ।
सोमबार दाताहरुले ५ लाख भन्दा माथी, मंगलबार करिव २ लाख र बुधबार बिहानै मात्र ६ लाख भन्दा धेरै रकम प्राप्त भएको छ । अभियानमा हालसम्म ७० संघसंस्था र १ हजार १ सय व्यक्तीबाट सहयोग प्राप्त भएको जस अन्तरगत ८० लाख भन्दा माथी रकम जम्मा भईसकेको अभियानका संयोजक महेन्द्र गिरीले जानकारी दिएछन ।
बिर्तामोड उद्योग बाणिज्य संघको अतिथि सदमा आयोजित कार्यक्रममा बिर्तामोड–१ सृजना चोकका क्याप्टेन जगनद्धवज लिम्बु कृष्णकुमारी लिम्बुबाट ५१ हजार, पूर्वाञ्चल ट्याङकर व्यवसायी संघबाट २१ हजार, बिर्तामोड–५ निवासी चन्द्र कट्टेल निरा कट्टेलबाट २१ हजार, बिर्तामोड–१ का डिके गुरुङले १० हजार प्रदान गरेका छन । त्यसैगरी विर्तामोड मदरसा तालिमलका अध्यक्ष अफरोज खानबाट २१ हजार, मेची पेट्रोलिय डिलर्स एसोशियसनको तर्फबाट २ लाख एसोशियसनले यस अघी ५१ हजार प्रदान गरिसकेको थियो । बिर्तामोड–४ निवासी शिक्षा सेवी गणेशप्रसाद खनाल बुध खनालबाट १ लाख १ हजार प्रदान भएको छ, खानाल परिवारबाट पनि यसअघी १० हजार उपलब्ध भई सकेको बताईएको छ । बुधबार नै नेपाल पेट्रोलियम राष्ट्रिय एशोशियसनबाट ५१ हजार प्राप्त भएको अभिनको सचिवालय सदस्य गोपाल भट्टराईले जानकारी दिएका छन ।
रकम ग्रहण कार्यक्रममा अभियानको तर्फबाट संयोजक गिरी सहित सहसंयोजक विनोद बस्नेत, सदस्यहरु मदनगोपाल सुब्बा, हरि शर्मा, कुमारमणी पोखरेल, शिवकुमार कट्टेल, गजेन्द्र पौडेल, सञ्जिव घिमिरे, निर्मल भट्टराई, कुमार भट्टराई, ओमकृष्ण विमली, प्रेम दाहाल नविन कोईराला लगायतको उपस्थिती रहेको छ । कार्यक्रमको सहजीहरुण अभियन्ता एकराज गिरीले गरेका थिए ।