कनकाई । रोटरी क्लव अफ सुरुङ्गाको अध्यक्षमा स्थानीय शिक्षासेवी सामाजिक व्यक्तित्व टिकाप्रसाद जमरकट्टेलले पदभार ग्रहण गरेका छन् ।
अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त विशुद्ध सामाजिक संस्थाका रुपमा स्थापित रोटरी क्लवमा सर्वसम्मत भएका नेतृत्वहरुले हरेक वर्षको जुलाई १ तारीखमा विश्वभर एकसाथ पदभार ग्रहण गर्ने गर्दछन् ।
सोही अनुसार कनकाई नगरमा क्रियाशिल सामाजिक अभियन्ताहरु संगठित भएको रोटरी क्लवको स्थापनाकालदेखि नै विभिन्न जिम्मेवारी सम्हाल्दै आएका कट्टेलले सन् २०२०र२१ कालागि पदभार ग्रहण गरेका हुन् । नवनिर्वाचित अध्यक्ष कट्टेल झापा गाउँपालिका ६ सरणामतिस्थित जनता माविका सहायक प्रधानाध्यापक, पतन्जली योग नगर समिति कनकाईका अध्यक्ष, नेपाल रेडक्रस सोसाइटी उपशाखा शरणामतिका पूर्व सभापति लगायतको जिम्मेवारीमा सक्रिय छन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 217