Aamsanchar

थापा दम्पतिले स्वीडेनबाट पठाए स्वास्थ्य सामाग्री

Author Image
शुक्रवार, असार १९, २०७७

सिन्धुलीको मरिण गाउँपालीकावडा वडा न, ७ गढीदमारमा जन्मिएका दिपराज थापाले मरिण गाउँपालिका भित्र रहेका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीका लागि । एक लाख बराबरको स्वास्थ सामग्रीहरु उपलब्ध गराएका छ्न।

बिहिबार  दिपराज थापाका बुवा लाल बहादुर थापाले स्वास्थ केन्द्रका प्रतिनिधि, गाउपालीका प्रतिनिधिहरु र उक्त क्षेत्रका नागरिकहरुको उपस्थितिमा N-95 मास्क, सर्जिकल मास्क, ग्लोब्स, फेस सिल्ड, पीपीइ सेट, सेनिटाइजर, सर्फेस दिसिन्फ़ेक्टेन्त मेसिन लगाएतका सामाग्रीहरु मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जन लाई हस्तान्तरण गरेका हुन् । थापा बिगत १५ बर्ष देखि स्वीडेनमा बसोबास गर्दै आएका छन । उनि र उनको श्रीमती हान्ना थापा दुबै स्वीडेनमा स्वास्थकर्मी  रुपमा कार्यरत छन ।

हाल थापा दम्पति स्वीडेनमा नै रहेका कारण, उक्त कार्यक्रममा उनिहरुको भिडियो सन्देस सबै लाइ देखाइएको थियो। स्वास्थ्यकर्मी मधुसूदन लाखेले सामाग्रीहरुले सुरक्षित् भएर कोरोना बिरामीहरुलाइ उपचार गर्न हौसल्ला पुगेको भन्दै थापा दम्पतिलाइ धन्यबाद दिए। गाउँपालिकाका अध्यक्ष बम्जनले पनि सहयोगको लागि हार्दिक धन्यवाद र कृतज्ञता व्यक्त गरे। प्राप्त सबै सामग्री उचित ढंगले सदुपयोग गरिने कुरामा लाखे र बम्जन दुवैले बिश्वास दिलाएका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 317

प्रतिक्रिया (०)

सम्बन्धित खबर