सुनसरीका तरकारी खेती गर्ने कृषक दिनेश काफ्ले हरेक हप्ता सहकारीको किस्ताका लागि तरकारी बेचेको रकमवाट छुट्याउँदछन् । यस किस्तामा यिनले आफूले लिएको सहकारीको कर्जा ब्यापारमार्फत कमाएर तिरिरहेका छन्, सुलभ रुपमा कुनै धितो बिना समुहको सदस्य भएर दिनेशले पाएको कर्जालाई यिनले तरकारी ब्यवसायमा लगाए, आज यहि कर्जाले यिन्को जीवीकोपार्जन चलेको छ, आँट बढेको छ ।
सहकारी एउटा अभियान हो, आर्थिक क्षेत्रको असमान पहुँचमाथिको एउटा ग्रामिण पहुँच बोकेको प्रजातन्त्र हो, एउटा अभ्यास हो ।
सन् १९२३ देखि अन्तराष्ट्रिय सहकारी संगठनमार्फत हरेक वर्षको जुलाई महिनामा विश्वभर सहकारी दिवस मनाउने चलन छ । सन् १९९५ बाट संयूक्त राष्ट्रसँघले पनि यस दिवसलाई अगिंकार गरेको छ ।
नेपालमा पनि गएका दुई दशकहरुमा सहकारी या लघुवित्त अनि बिनाधितो कर्जा प्रवाह लगायत किस्तामा ऋण लिने, समुदायस्तरमा समुह गठन गर्ने अनि व्यवसाय गर्ने चलहरु बढ्दो छ । ससाना व्यवसाही देखि ठूला उधोगपतिसम्म वचत अनि लगानीको जोखिम न्यून पार्न निश्चित रकम जम्मा गर्ने या थोरै किस्ता नियमित तिरेर ठूला रकम सापट लिने कुराहरुमा संलग्न छन् । सहकारी भन्नाले आर्थिक रुपमा सिमान्तकृत, थोरै आय भएका र अन्य वित्तिय सेवामा पहुँच नभएका व्यक्ति या सामुदायिक समुहलाई प्रदान गरिने वित्तिय सेवा या सहायतालाई बुझाँउदछ है । सहारीको उदेश्य वचत, सापट र जोखिम न्यूनिकरणकालागि बिमा हो ।
अन्य वित्तिय कारोवारका तुलनामा सहकारीको सापट तुलात्मक रुपमा महँगो हुन सक्दछ किनभने समुदायस्तरमा र विनाधितो सम्म पनि कर्जा प्रवाह गर्नुपर्ने हुन्छ । यसका बावजुद पनि सरल, सहज अनि समुदायस्तरमै सेवा प्रदान गरिने भएकाले धेरै साना किसान या साना व्यापारीहरुको सहयात्री सहकारी भएको छ ।
नेपालमा सहकारी या भनौ लघुवित्तको शरुवाती श्रेय भने पूर्वी नेपालको ग्रामीण बिकास बैंकलाई जादँछ, यस बैंकले सन् ९० को दशकको मध्यवाटै पूर्वी नेपालमा सहकारी सुविधा प्रदान गरेको हो । बंगदादेशमा यस सरंचनाको वित्तिय सेवाले समुदाय उत्थानमा व्यापक सहयोग गरेपछि नेपालमा शुरुवात गरिएको हो । दक्षिण एसियाली मुलुकहरु नेपाल, बंगलादेश, भारत र पाकिस्तानसम्ममा यस प्रकारका सहकारी सेवाहरु धेरै छन् । सहकारीको सहज कर्जामार्फत महिलाहरुले सापट पाउने हुँदा महिला उत्थान अनि सशक्तिकरणकालागि पनि सहकारी एउटा अदभुत अस्त्र सावित भएको छ ।
नेपालका शुरुवाती सहकारी सेवाका दिनमा धेरै वटा सहकारी सञ्चालकहरु सहकारी सेवाका रुपमा जनसाधरणलाई ठगि गर्दे हिँडेका अनि बचतको दुरुपयोग गरेको सम्म पाइएको हो । अहिले आएर कानुनतः सहकारीलाई बलियो र सहकारी खोल्न राख्नपर्ने धरौटी रकम को कडा पालनासँगै नेपाली सहकारीहरु सुदृढ र पारदर्शी बन्दै गएका छन् ।
महिला समुहहरु, स्थानीय क्लबहरु अनि अन्य सामुदायिक समुहहरु पनि सहकारीका रुपमा बिकास भएका, स्थानीय बिकासका आधार भएका अनि साना उधमीहरुको सहयात्री भएका उदहारण प्रशंसनिय छ है ।
नेपाल गाँउहरुको देश हो र शहरमा दौडने चिल्ला कारहरु भन्दा गाँउमा धुलो उडाउदै हिँड्ने गोरुगाडा, ट्याक्टर र साईकलहरुको लस्करले बिकासको प्रत्याभुती गर्दछन् । गाँउको विकास नै देशको विकास हो, स्थानीय निकायका नवनिर्वाचीत प्रतिनीधीहरुले पनि सहकारीको यो संरचनालाई स्थानीयस्तरमै प्रर्वधन गर्दै पारदर्शीता र सुशासन कायम गर्न मद्धत गरुन् ।