Aamsanchar

कोरोना संक्रमितको शव व्यवस्थापनको क्रममा झडप

Author Image
शनिवार, असार २०, २०७७

गोरखा :  शनिबार मृत्यु भएका कोरोना संक्रमितको शव व्यवस्थापनको क्रममा स्थानीयवासी र प्रहरीबीच झडप भएको छ । असार १६ गते कतारबाट आएका पुरुषको गोरखा अस्पतालमा उपचारको क्रममा शनिबार मृत्यु भएका संक्रमितको शव व्यवस्थापनको क्रममा झडप भएको हो ।

त्यसक्रममा प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गरेको छ । पालुङटार नगरपालिका-७ का ४४ वर्षीय पुरुषको शव गोरखा नगरपालिका(१२ र शहीद लखन गाउँपालिका-१ को सीमा क्षेत्र लुदी दोभानमा व्यवस्थापन गर्ने निर्णय जिल्ला सुरक्षा समितिले गरेको थियो । तर स्थानीयवासीले त्यसको विरोध गरेका छन् ।

Views: 222

प्रतिक्रिया (०)