Aamsanchar

स्थानिय सरकार र संघले समस्या नबुझिदिएको भन्दै बिर्तामोडमा होटल व्यवसायीहरु अक्रोशित

Author Image
आइतवार, असार २१, २०७७

बिर्तामोड । अबपनि लकडाउनको बहानामा होटल व्यवसायीलाई सरकारले संकटमा पार्न खोजेको र संघले पनि व्यवसायीहरुको पिंडा नबुझेको भन्दै समस्या समाधानको लागि बिर्तामोड र अर्जुनधाराका होटल व्यवयीहरुले होटल व्यवसायी संघ झापाको ध्यान आर्कषण गराएका छन ।

आईतबार बिर्तामोडमा भएको व्यवसायीहरुको भेला मार्फत संघको ध्यानअर्कषण गराउने निष्कर्षमा व्यवसायीहरु पुगेको भेलाका संयोजक मिक्की कार्कीले जानकारी दिए । कार्कीले भने पटक पटक संघका नेतृत्वकर्तालाई व्यवसायीका कुरा सुनिदिन गरेको अग्रहको सुनुवाई नभए पछी हामि पिडितहरुले संयुक्त रुपमा भेला भएर समस्या समाधान गराई सहज रुपमा व्यवसाय संचालन गर्ने बातावण बनाईदिन संघलाई आग्रह गरेका हुँन ।

‘चार महिना देखि होटल व्यसाय बन्द छ, बैंकको व्याज र किस्ताले मानसिक तनाव सृजना भएको छ । उता कर्मचारीको तलव र पानी विजुलीको न्युनतम महसुलले थप चिन्ता महिनै पिच्छे थपिदै गएको छ । सरकारले निषेध गरेको क्षेत्रहरु मध्ये पार्टीप्यालेस, सैलुन, व्युटिपार्लल सार्वजनिक यातायातको रुपमा निर्वाद संचालनमा ल्याइएका निजी नम्बरका भाडाँका साना गाडी, अटोरिक्सा हाटबजार लगभग खुल्ला भईसकेको अवस्थामा होटल व्यवसायलाई मात्र खोल्न नदिनु व्यवहारिक नभएको भन्दै व्यवसायीले आक्रोस पोखेका छन । ‘अब हामिपनि होटल संचालन गर्न बाध्य बनेका छौं त्यसका लागि संघले पहल गर्नुपर्छ, यसै बीच बिर्तामोडका केही होटल, पार्टी प्यालेसमा साना ठुला कार्यक्रम भएको छ । त्यहाँ प्रहरीले केही भन्दैन हामि सानो होटल चलाएर गुजरा गर्नेहरुलाई प्रहरीले हप्की दप्की गर्ने काम भएकोले अब चौतर्फी अन्याम सहेर बस्न नसक्ने’ अर्का व्यवसायी राजु न्यौपानेले बताए ।

‘व्यवसायीलाई अफ्ट्यारो परेको बेला चाहिने संघ हो’ तर होटल व्यवसायी संघ झापाले खासै केही काम गरिरहेको छैन अव पनि हाम्रो कुरालाई प्रार्थमितामा संघले राखेन भने झापामा छुट्टै अर्को संघ खोल्न होटल व्यवसायीहरु बाध्य हुने व्यवसायी कृष्ण पौडेलले भने ।

बिर्तामोडमा साना देखि थ्रिस्टार सम्म गरेर गलभग पाँचसय होटल रहेका छन । ति होटलहरु ठप्प छन तर मुख्य बजार देखि बर पर रहेका मझौले होटल भने निर्वाद रुपमा चलेका छन । लकडाउनको एक महिना बित्ता नबित्तै ति होटलहरु भित्र भित्र संचालनमा आएका थिए । अहिले पहिलेकै ढंगबाट सहजरुपमा संचालनमा छन । ति होटल संचालनहुनुले पनि होटलबाट कोरोना सर्ने खतरा छैन भन्ने पुष्टी हुन्छ । अव बिर्तामोडका सबै होटलहरु सावधानी मध्येनजर गर्दै होटल संचालन गर्न पाउनु पर्ने स्थानिय सरकार समक्ष भेलाका सहभागीहरुले माग राखेका छन । भेलामा २० भन्दा धेरै व्यवसायीको उपस्थिती रहेको थियो ।

कार्यक्रममा व्यवसायीहरु गोपाल पोखरेल, अर्जुन कडरिया, अम्बिका पोखरेल लगायतले आफ्ना धारणा राखेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 320

प्रतिक्रिया (०)

सम्बन्धित खबर