
प्रतिकात्मक तस्वीर

झापा । झुठ्ठा बिवरण पेश गरि बिदेशी नागरिकलाई नागरिकता, राहदानी बनाई दिएको कसुरमा सुरेश आचार्य पक्राउ परेका छन ।

जिल्ला प्रशासन कार्यालय झापाका तत्कालिन प्रशासकीय अधिकृत आचार्यलाई महानगरिय अपराध महाशाखाको समन्वयमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएका प्रहरी निरीक्षक राज पन्त सहितको टोलीले पक्राउ गरेको हो ।

जिल्ला अदालत झापाबाट पक्राउ वारेन्ट जारी भएका आचार्यलाई आईतबार काठमाण्डौ स्थित गठ्ठाघरबाट प्रक्राउ गरि आवश्यक कारबाहीको लागि जिल्ला अदालत झापामा बुझाईएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले प्रेस नोट मार्फत जानकारी दिएका छन ।


Views: 246

