Aamsanchar

सकारात्मक सोच

Author Image
बुधवार, असार २४, २०७७
  •  नेपाल प्राकृतिक, धार्मिक, सांस्कृतिक दृष्टिकोणले संसारको सबैभन्दा धनि देश हो । तर पनि हामी गरिब भएर बस्नुपर्ने अवस्था छ । व्यक्तिगत विकास हामीले गर्न सक्यौँ, तर देशको विकास भएन !
  •  देशलाई अगाडि लैजाने हो भने हरेकको मनभित्र सकारात्मक सोच जागरण गराउनै पर्छ ।
  •  मान्छेलाई आदर्शवान्, नैतिकवान् बनाउन खोजेको पनि होइन । हामीले यति मात्रै गर्न खोजेका हौँ कि मानिस मानिस भएर बाँच्नुपर्छ । यिनै कुराहरु उजागर गर्नका लागि हामीले सकारात्मक सोच समूहको अभियान सुरु गरेका हौँ ।
  •  विश्वास र आश हरायो भने मान्छेको जीवन असफलताको मार्गतिर जान्छ । हामीले असफलताको कालो बादललाई परास्त गरेर सकारात्मक सोचको उज्यालो फैलाउने हो ।
  •  स्वरोजगार र उद्यम त्यतीबेला मात्रै सम्भव हुन्छ, जब मानिसमा आश, विश्वास र आत्मबल हुन्छ । आश, विश्वास र आत्मबल त्यतीबेला मात्रै हुन्छ, जब मान्छेमा ‘सकारात्मक सोच’ हुन्छ !
  •  सकारात्मक सोच भनेकै आम मान्छेको मानसिकता र सोचमा एउटा जग बसाल्ने हो । सकारात्मक सोचको जग बलियो भएमा मात्रै मान्छे ठूलो बन्न सक्छ, सफल बन्न सक्छ । त्यसका लागि हामीले ‘सकारात्मक सोच’ अभियान सुरु गरेका हौँ ।
  • अहिले हामी समाजमा प्रश्नै प्रश्न मात्रै उठाउने गर्छौँ । विकास प्रश्नको चाङमा होइन, उत्तरमा हुन्छ । अब हामी प्रश्न गर्न होइन, उत्तर खोज्न तयार भएका छौं । सकारात्मक सोच भनेको प्रश्न गर्ने भन्दा पनि उत्तर खोज्ने, उत्तर दिने अभियान हो ।सकारात्मक सोचको अभियान सबैको अभियान हो । मलाई विश्वास छ, यो
  • अभियानलाई सफल बनाउँदै सबैको जीवन सफल बनाउने यात्रामा सबैको साथ रहने नै छ । काम नगर्नेको घनचक्करमा होईन कर्मी माहुरीको पक्षमा सोचहरु प्रसारित हुनुपर्छ । यो अवस्थामा हामी सबै पुग्यौं भने हाम्रो अभियान सफल हुनेछ ।
  • हुँदैन भन्ने कुरा सबैले जानेको छ । अब हुन्छ भन्ने कुरा पनि सबैले जान्नु पर्यो । हाम्रो अभियान यसमा केन्द्रित हुनेछ । हाम्रो अभियानमा हुँदैनलाई प्राथमिकता नदिएर के गर्ने र कसरी गर्नेलाई प्राथमकतामा राख्छौँ ।
  • कुनैपनि काम गर्नका लागि पहिले सोच्नु जरुरी छ । सोचेर मात्रै पुग्दैन, खोज्नुपर्छ । खोजेर मात्रै पुग्दैन, त्यसलाई कार्यान्वन गर्नुपर्छ । जब कार्यान्वयन हुन्छ, त्यसपछि मात्रै प्रतिफल पाइन्छ । जीवन भनेको दर्शन मात्रै होइन, यथार्थ पनि हो ।
  • श्रोत : कर्ण सकारात्मक कोष 
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर