Aamsanchar

सहारा नेपाल चारपाने सेवाकेन्द्रबाट १७ परिवारलाई ३१ लाख १५ हजार राहत उपलब्ध

Author Image
बिहिवार, असार २५, २०७७

कार्यक्रम संचालन गर्दै सेवाकेन्द्र प्रमुख जगत कार्की ।

चारपाने । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था चारपाने सेवा केन्द्रले परिवार राहत चार जनालाई र ग्रामिण कर्जा मिनाह कार्यक्रम अन्तरगत तिनजनालाई रकम उपलव्ध गराएको छ ।
संस्थाको जीवन बरदान कार्यक्रम अन्तरगत परिवार राहत कार्यक्रम मृतक ताराप्रसाद संजेल, भीमबहादुर पौडेल, देवीमाया थापा र रामहरि अर्यालको परिवारलाई प्रदान गरेको छ । त्यस्तै लघुवित्त कार्यक्रम अन्तरगत ग्रामिण कर्जा विमा मृतक टीकाराम बास्तोला, चन्द्रकला प्रसाई र दुर्गादेवी विश्वकर्माको परिवारलाई प्रदान गरेको हो ।
संस्थाले बिहिबार चारपाने स्थित कार्यलयमा एक कार्यक्रम गरि उनीहरुका परिवारलाई राहत वापतको रकम हस्तान्तरण गरेको हो ।

राहत सुविधा वापतको रकम चेक हस्तान्तरण गर्दै चारपाने सेवाकेन्द्र सहयोग समिति अध्यक्ष विन्दु श्रेष्ठ र सामाजिक सुरक्षा समिति संयाजक डिल्लीराम सिटौला । चेक ग्रहण गर्दै संस्थाका अध्यक्ष एवं शेयर सदस्य स्वर्गीय ताराप्रसाद संजेलकी श्रीमती तारा संजेल ।

परिवार राहत कार्यक्रम अन्तरगत ताराप्रसाद संजेलको नाममा ५ लाख, भिमबहादुर पौडेल २ लाख, देवीमाया थापा ३ लाख र रामहरि अर्यालको परिवारलाई २ लाख उपलब्ध गराइएको थियो । त्यस्तै ग्रामीण कर्जा मिनाह कार्यक्रम अन्तरगत टीकाराम बास्तोला १० हजार, चन्द्रकला प्रसाई १ लाख ५० हजार र दुर्गादेवी विश्वकर्माको परिवारलाई १ लाख ५५ हजार प्रदान गरेको छ ।

राहत सुविधा वापतको रकम चेक हस्तान्तरण गर्दै सामाजिक सुरक्षा उपसमिति सदस्य बालकृष्ण गिरी ।

चारपाने सेवा केन्द्र सहयोग समिति संयोजक विन्दु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य वविता पराजुली, रमादेवी पौडेल, सहारा नेपाल साकोस सामाजिक सुरक्षा समिति संयोजक डिल्लीराम सिटौला, सदस्य बालकृष्ण गिरी, १९ नं. इकाई संयोजक दुर्गा ढकाल भट्टराई, १० नं. इकाई संयोजक सीता बराललगायतको उपस्थिती रहेको थियो ।
इलाका कार्यालय सुरुङ्गाका वरिष्ठ प्रवन्धक रामनारायण प्रधानले कार्यक्रमको औचित्य माथि प्रकाश पारेको कार्यक्रमलाई चारपाने सेवाकेन्द्रका प्रमुख जगत कार्कीले संचालन गरेका थिए ।

राहत सुविधा वापतको रकम चेक हस्तान्तरण गर्दै सहयोग समिति सदस्य वविता पराजुली, इकाई सदस्य सीता बराल ।

सेवाकेन्द्रले यस आर्थिक बर्ष भित्रमा विभिन्न कार्यक्रम वापत परिवार राहत अन्तरगत २९ लाख र ग्रामिण कर्जा विमा मिनाह कार्यक्रम अन्तरगत ३ लाख १५ हजार रकम हस्तान्तरण गरिसकेको सेवा केन्द्र प्रमुख कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 309

प्रतिक्रिया (०)

सम्बन्धित खबर