Aamsanchar

बिर्तामोडको बजेट १ अरब १५ करोड पारित

Author Image
आइतवार, असार २८, २०७७

बिर्तामोड ।  असार १० गते शुरु भएको पाँचौं नगरसभाले प्रस्ताबित १ अरब १५ करोड ४ लाख ८८ हजार ब्यय हुने गरीको बजेट पारित गरेको छ । जसअन्तरगत ३९ करोड ८१ लाख ८६ हजार र पूजीगत खर्च ५८ करोड २३ लाख २ हजार र सामाजिक सुरक्षा बापत १७ करोडको खर्च हुने छ ।
नगरप्रमुख ध्रुबकुमार शिबाकोटीको अध्यक्षतामा भएको नगरसभामा उपप्रमुख पबित्रादेबी महतारा प्रसाईले सो वरावरको बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

असार २८ गते सम्पन्न भएको नगरसभामा प्रस्ताबित बजेट, नीति, कार्यक्रम माथि १० बटै बडाका अध्यक्षहरुले आ आफ्नो बडाको बजेट सिलिंग प्रस्तुत गर्दे आफ्नो बडाको विकासका योजना पेश गरेका थिए । यसैगरी नगरसभामा बिभिन्न समितिका संयोजकहरुले समितिका तर्फबाट सुझाब पेश गरेका थिए ।

बिर्तामोड नगरपालिकाले प्रत्येक बडालाई १ करोडको सिलिंग दिएको थियो । सो सिलिंग अन्तरगत रहेर बडाले बजेट पेश गरेको नगरपालिकाका प्रेस संयोजक तीर्थ सिग्देलले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 206

प्रतिक्रिया (०)

सम्बन्धित खबर