Aamsanchar

मानव अधिकारको उदगम देश अमेरिकामा अपराधीलाई दिइयो मृत्युदण्ड

Author Image
बुधवार, असार ३१, २०७७

अमेरिकामा हत्याका अभियुक्त ड्यानियल लुइस लीलाई मृत्युदण्डको सजाय दिइएको छ । सर्वोच्च अदालतले मृत्युदण्डको सजाय दिन अनुमति दिएको केही घण्टापछि डेनियललाई विषको इन्जेक्सन लगाइएको बीबीसीले जनाएको छ ।  अमेरिकामा १७ वर्षपछि कुनै संघीय अभियुक्तलाई मृत्युदण्ड दिइएको हो ।

सोमबार एक न्यायाधीशले अझै पनि कानूनी चुनौती विद्यमान भएकोले थुप्रै अभियुक्तको सजाय रोकिने गरेको बताए । मृत्युदण्डको सजाय पाएका अभियुक्तले विषको इन्जेक्सन लगाएर सजाय दिनु अमानवीय भएको तर्क प्रस्तुत गरेका थिए ।

तर सर्वोच्च अदालतले ५–४ को विभाजित मतले पूर्व नियोजित कार्यक्रम अनुरुप अपराधीलाई सजाय दिन सक्छ । गत वर्ष ट्रम्प प्रशासनले संघीय सरकार पुनः मृत्युदण्डको सजाय लागू गर्ने जानकारी दिएका थिए ।

मंगलबार बिहान लुइस लीलाई इन्डियानाको टेरे हटमा विषको इन्जेक्सन दिइएको हो ।

लुइस लीका शिकार बनेका मानिसहरुको परिवारले सजाय रोक्न माग गरेका थिए किनभने कोरोनाभाइरसका कारण उनीहरु यो घटना देख्न सकिरहेका थिएनन् । ८१ वर्षकी इयरलीन पिटरसनकी छोरी, ज्वाईं र नातीको ४७ वर्षीय लीले हत्या गरेका थिए । पिटरसनले उनलाई जन्मकैद होस् भन्ने चाहना राखेकी थिइन् । अपराधमा लीलाई साथ दिने अभियुक्तलाई आजीवन कारावासको सजाय दिइएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 139

प्रतिक्रिया (०)

सम्बन्धित खबर