Aamsanchar

कोरोना नियन्त्रणमा अर्जुनधाराको प्रगति प्रतिवेदन, छुट्याइएको बजेट खर्च भईसकेन

Author Image
बुधवार, असार ३१, २०७७

पत्रकार भेटघाटमा नगरप्रमुख हरिकुमार राना र उपप्रमुख कमला आचार्य ।

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकाले कोरोना भाईरस कोभिड–१९ नियनत्रण, व्यवस्थापनमो ८८ लाख भन्दा बढी खर्च भएको जनाएको छ । आपूर्ति तथा क्वारेन्टाइन व्यवस्थापन समितिले मंगलबार पत्रकार सम्मेलन जानकारी दिएको हो ।

झापामा अन्य पालिका भन्दा निकै कडाईका साथ कोरोना भाइरसको संक्रमणबाट बच्न अवलम्बन गरिएका विभिन्न गतिविधिलाई प्रभावकारी ढंगले कार्यसम्पादन गरेकोभनी राम्रो छवी बनाउन सफल बनेको अर्जुनधारा नगरपालिकाले क्वारेन्टाइन व्यवस्थापनमा ८८ लाख ४० हजार ८३२ रुपैयाँ खर्च सार्वजनिक गरिएकोे थियो । चैत्र ११ देखि असार ३० गते सम्म्को हास । यसभित्र कोरोना भाइरस रोकथाम, क्वारेन्टाइन व्यवस्थापनसँगै लकडाउनमा विपन्न वर्गलाई राहत प्रदान गरिएको खर्चसमेत समेटिएको नगरपालिकाका प्रमुख हरिकुमार रानाले बताए । उनका अनुसार लकडाउन सुरु भएपछि कोरोना भाइरस नियन्त्रण तथा व्यवस्थापनका लागि नगरपालिकाले ९१ लाख रुपैयाँ कोभिड १९ कोषमा विनियोजन गरेको थियो । त्यस्तै, सहयोगी दाताहरुको तर्फबाट ८ लाख ३२ हजार ९९२ रुपैयाँ संकलन भइ नगरपालिकाको राहत कोषमा जम्मा भएको समितिका सदस्य सचिव तिवेन्द्र अधिकारीले बताए ।उनका अनुसार १८ हजार ९८० केजी चामल र १० क्वीन्टल दाल हाल मौज्दात रहेको छ भने अन्य खाद्य सामग्री क्वारेन्टाइनमा प्रयोग भइरहेको छ । समिति र जिन्सी शाखाबाट हालसम्म ३० लाख ३४ हजार १३७ रुपैयाँ खर्च गरेर भुक्तानी भइसकेको छ भने ५ लाख ३२ हजार ८६६ रुपैयाँ भुक्तानी हुन बाँकी रहेको छ । त्यस्तै, स्वास्थ्य शाखाले हालसम्म २६ लाख ४८ हजार २२६ रुपैयाँ खर्च गरेर भुक्तानी भइसकेको स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले जानकारी दिए । उनका अनुसार क्वारेन्टाइन व्यवस्थापनमा खर्च भएको २६ लाख २६ लाख १६ हजार ६०४ रुपैयाँ भुक्तानी हुन बाँकी रहेको छ ।कोरोना भाइरस नियन्त्रण तथा क्वारेन्टाइन व्यवस्थानका लागि प्रदेश सरकार र संघीय सरकारबाट कुनै सहयोग प्राप्त भएको छैन ।

तिवेन्द्र अधिकारी

प्रदेश सरकारबाट दिइने भनिएको १० लाख रुपैयाँ अहिलेसम्म प्राप्त नभएको नगरकी उपप्रमुख तथा समितिकी संयोजक कमला खतिवडा आचार्यले बताइन् । प्रस्तुत उक्त खर्च स्वास्थ्य शाखा, जिन्सी शाखा र समितिले नगरपालिकासमक्ष अनुमोदनका लागि पेस गरेको छ । नगरपालिकाले आगामी बैठकमा छलफल गरेपछि अनुमोदन हुने बताइएको छ । नगरको बजेट र दाताको सहयोगबाट लकडाउनका कारण समस्यामा परेका नगरका विपन्न परिवारलाई राहत प्रदान गरिएको उनले जानकारी दिइन् । उनका अनुसार अहिलेसम्म लकडाउन सुरु भएदेखि नगरका ३ हजार ४४५ घरपरिवारलाई राहतस्वरुप खाद्यान्न उपलब्ध गराइसकिएको छ । त्यस्तै, १६५ क्वीन्टल चामल र ३७५ केजी दाल फरक फरक मितिमा वडा कार्यालयमार्फत राहत वितरणका लागि समितिले खाद्यान्न उपलब्ध गराएको पनि उनले बताइन् ।

नेपालमा लकडाउन सुरु भएपछि नगरपालिकाको स्वास्थ्य शाखाले चैत १२ गतेदेखि १२ बेडको क्वारेन्टाइन सञ्चालन सुरु गरेको थियो । हाल एक सयभन्दा बढी बेड विस्तार गरी सञ्चालन गरिएको छ । क्वारेन्टाइनमा भारतलगायत तेस्रो मुलुकबाट अर्जुनधाराका ३८० जना क्वारेन्टाइनमा राखिएको स्वास्थ्य शाखाले जनाएको छ । जसमध्ये २४९ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ भने २५ जनाको आरडीटी परीक्षण गरिएको स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले बताए । हालसम्म १३ जनामा कोरोना भाइरस संक्रमण पोजेटिभ भए पनि उनीहरु निको भएर घर फर्किसकेका छन् ।

पंकज भुर्तेल,कार्यकारी प्रमुख

कार्यक्रममा नगरपालिकाका कार्यकारी प्रमुख पंकज भुर्तेलले ‘अर्जुनधाराले कोरोना भाईरस नियन्त्रण व्यवस्थापनमा जिल्लामै उत्कृष्ठ काम गरिरहेको छ’ पहिला राम्रो जानकारी नहुँदा केही कठिनाहरु भोग्नु पर्यो । अब कसरी गर्ने जानकारी प्राप्त भएको छ । भुर्तेलले कठिन अवस्थामा रातदिन नभनी कोरोना नियन्त्रण व्यवस्थापनमा खटिईने कर्मचारीहरुलाई धन्यवाद दिदै अवको दिनमा अझ प्रभावकारी, पारदर्शीका साथ कोरोना नियन्त्रणमा नगरपालिका निरन्तर लागिरहन्छ यस क्षणमा नगरवासीबाट भएको सहयोग सम्मान योग्य रहेको छ, अब पनि आवस्यकता अनुसार नगरले नीति नियम बनाउन सक्छ त्यसको पूर्णपालना गरेर नगरलाई कोरोना मुक्त बनाउन सहयोग गर्न सोरोकारवाला समक्ष अपील गरेका छन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 315

प्रतिक्रिया (०)

सम्बन्धित खबर