Aamsanchar

बैंकको नजरमा कोरोना मुक्त देश

Author Image
बुधवार, असार ३१, २०७७

काठमाडौं ।  कोरोना भाइरस र लकडाउनको असरलाई मध्यनजर गर्दै बैंकहरुले दिँदै आएको सुविधा भोलिदेखि बन्द हुने भएको छ। एक बैंकको एटिएम कार्ड अर्को बैंकको एटिएम मेसिनमा प्रयोग गर्दा शुल्क नलाग्ने सुविधा बिहीबारदेखि बन्द हुन लागेको हो।

बुधबार बसेको बैंकर्स एसोसिएसनको बैठकले बिहीबारदेखि एक बैंकको एटिएम कार्ड अर्को बैंकको मेसिनमा प्रयोग गर्दा शुल्क काट्ने निर्णय गरेको हो। बैंकले दिँदै आएको उक्त सुविधामा बैंकहरुको पनि लागत लाग्ने भएकोले सधैको लागि सुविधा उपलव्ध गराउन नसक्ने भन्दै शुल्क लाग्ने गराएको एसोसिएसनले जनाएको छ।

कोरोना भाइरसको संक्रमण जोखिम बढ्न नदिन गरिएको लकडाउको कारण गत चैत ७ गतेबाट बैंकहरुले जुनसुकै बैंकको कार्ड जुनसुकै एटिएम मेसिनमा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरेका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 106

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ बढ्यो
बिहिवार, पौष २५, २०८१
आज विदेशी मुद्राको विनिमय दर
बिहिवार, पौष २५, २०८१
सुनको भाउ बढ्यो
बुधवार, पौष २४, २०८१