Aamsanchar

एकका लागि एक अभियानलाई कनकाई वडा नं. १ र बाणिज्य संघको सहयोग

Author Image
बिहिवार, साउन १, २०७७

उपप्रमुख मञ्जु प्रसाईं द्वारा अभियन्ताहरुलाई भौचर हस्तान्तरण गरिदै ।

बिर्तामोड। जनस्तरबाट झापाको कोटिहोमस्थित समर्पण राष्ट्रिय भवनमा कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब स्थापना र सञ्चालन हुने निश्चित भएपछि दाताहरु रकम हस्तान्तरण गर्न उत्साही देखिएका छन् ।

बिहीबार कनकाई नगरपालिका वडा नम्बर १ बाट ११ हजार ५०० रुपैयाँ प्राप्त भएको छ । त्यस्तै, कनकाई उद्योग वाणिज्य संघले नगद २१ हजार रुपैयाँ हस्तान्तरण गरेको छ । एक कार्यक्रमका बीच ‘एकका लागि एक अभियान’ लाई उनीहरुले नगद हस्तान्तरण गरेका थिए ।
कनकाई नगरपालिकामा आयोजित कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष रोशनराज पोखरेलसहित वडा सदस्यहरुले तथा संघको तर्फबाट निवर्तमान अध्यक्ष कुमारमणि पोखरेलले नगद हस्तान्तरण गरेका थिए ।

कनकाई उद्योग बाणिज्य संघको तर्फवाट नगत हस्तान्तरण गर्दै निवर्तमान अध्यक्ष, अभियानका सदस्य कुमारमणी पोखरेल, ग्रहण गर्दै अभियानका सहसंयोजक विनोद बस्नेत । बीचमा अभियानका सदस्य शिवकुमार कडेल ।

रकम ग्रहण कार्यक्रममा अभियानको तर्फबाट सहसंयोजक विनोद बस्नेत, सदस्यहरु शिवकुमार कडेल, मिजास पोखरेल, सञ्जीव घिमिरेलगायतको उपस्थिति थियो । कार्यक्रममा नगर उपप्रमुख मञ्जु प्रसाईं, सहसंयोजक बस्नेत र वडा अध्यक्ष पोखरेलले आआफ्नो भनाइ राखेका थिए ।

हरुतान्तरण कार्यक्रममा वडाध्यक्ष पोखरेलले भने अभियानले गर्न लागेको काममा हरेक नागरिकले सहयोग गर्न आवस्यक छ । जसकालागि हामि वडा समितिको तर्फबाट पहिले नै सहयोग गर्न चाहेका थियौं तर बजेट नभएकोले गर्न नसकेकोमा मन खिन्न भईरहेको थियो, यसै आर्थिक बर्ष समाप्त संगै स्वास्थ्य क्षेत्रमा रहेको बजेट मध्येबाट आज दिईएको रकम बचेको हुँदा उक्त रकम दिन पाएकोमा आफूहरु खुशी भएको भन्दै अभियानको सफलताको कामना गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 261

प्रतिक्रिया (०)

सम्बन्धित खबर