Aamsanchar

अर्जुनधारामा बनाईयो १७७ वटा घर

Author Image
शनिवार, साउन ३, २०७७

प्रतिकात्मक तस्वीर

अर्जुनधारा। विपन्न परिवारका लागि सामुहिक आवाससहित अर्जुनधारा नगरपालिकाले एक सय ७७ वटा घर निर्माण गरेको छ । अर्जुनधारा नगरपालिका–३ झेलेनीमा १५ परिवारका लागि सामुहिक आवास निर्माण गरेको नगरले नगरपालिकाभित्र एक सय ७७ वटा घर निर्माण गरेको हो ।

संघीय सरकार, प्रदेश र स्थानीय तह तथा सामाजिक संघ संस्थासँगको साझेदारीमा विपन्नका लागि घर निर्माण गरिएको नगरपालिकाकी उपप्रमुख कमला खतिवडाले बताइन् ।

उनका अनुसार संघीय सरकारबाट २४ वटा, सहारा नेपाल सहकारी संस्थासंगको साझेदारीमा ३३ वटा, जनता आवास कार्यक्रम अन्तर्गत १५ वटा प्रदेश सरकारको सहयोगमा ३३ वटा नगरपालिका र सहारा नेपालसँगकै साझेदारीमा ३३ वटा र वडा नम्वर ५मा ८ वटा घर निर्माण गरिएको हो । पहिरो पीडितका लागि ७ वटा घर निर्माण गरिएको छ । नगरपालिका भित्र २५ घरको छाना समेत फेरिएको उपप्रमुख खतिवडाले बताइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 233

प्रतिक्रिया (०)

सम्बन्धित खबर