Aamsanchar

दिवाकरले विश्राम दिए अभियानलाई

Author Image
आइतवार, साउन ४, २०७७


बिर्तामोड । पछिल्लो समय अधिकांश युवा लागूऔषध दुव्र्यसनको शिकार भएका छन् भने केही युवा मोजमस्तीमै समय व्यतित गरिरहेका छन् । तर , झापा अर्जुनधारा–६ फागुलाल मार्गका दिवाकरलाल चौधरी भने सडक मानवहरुलाई दैनिक खाना खुवाउन व्यस्त छन् ।
कोरोना भाइरस कोभिड–१९को संक्रमणवाट बच्न सरकारले जारी गरेको लकडाउनका कारण सडकमै बसेर साँझ बिहान गुजारा चलाउने सडक मानवहरु खाना खान नपाएर विचल्ली भएको समयमा तीनीहरुलाई दैनिक एक छाक खाना खुवाउन उनी व्यस्त भएका हुन् ।
अभियानकै रुपमा गत चैत १९ गतेदेखि बिर्तामोडको मुक्तिचोक आसपास, बिर्ताबजार, शनिश्चरे, बुट्टाबारी , चारपाने लगायतका क्षेत्रहरुका सडकहरुमा रहेका सडक मानवलाई उनले एक सय ८ दिनसम्म बिहानको एक छाक खाना खुवाउँदै आइरहेको बताए ।
विभिन्न होटलमा मागेर र फ्याँकिएको खानेकुरा खाएर पेट भर्ने गरेका सुरुका दिनमा २५ जना र पछिल्लो दिनमामा ४५ जना सम्म सडक मानवलाई दैनिक दाल, भात, तरकारी र एक बोटल पानी खुवाएको उनले बताए । दैनिक दाल, भात, तरकारी र एक बोटल पानी खुवाए पनि गत बैशाख १ गते नयाँ वर्षको दिन सबैजनालाई मासुभात खुवाएका थिए ।

उनले लकडाउनको एक सय ८ दिनसम्म बिहानको एक छाक खाना खुवाएको र शनिवारबाट भने स्थगित गरेको वताए ।
विर्ताकोडमा पत्रकारहरुसंग कुरा गर्दै उनले लकडाउन खुकुलो भएकान कारण खाना खुवाउने कार्यक्रम स्थगित गरिएको बताए ।
सडकका गल्ली, सडक किनारमा वसेर मागेरै जीवन गुजारी रहेका सडक मानवलाई लकडाउनको समयमा आफ्नै खर्चमा घरमै पकाएर बिहानको एक छाक खाना खुवाउँदै आइरहेपनि पछिल्लो समय उनको अभियानलाई मन पराएर सहयोग गर्न अमेरिका देखि शान्ता राई सुव्वाले ५८ हजार ८ सय २० रुपैयाँ , अमेरिका देखि नै मोहित अधिकारीले २४ हजार दुई सय तीन रुपैयाँ , विर्तामोड –१ का प्रवेश वस्नेतले १० हजार रुपैयाँ , बिर्तामोडकी पार्वता खरेल विमलीले पाँच हजार रुपैयाँ र कञ्चना ढकाल सिटौलाले पाँच हजार रुपैयाँ प्रदान गरेको उनले बताए ।

उनको अभियानलाई मन पराएर बिर्तामोडका रोहित प्रसाईंले १० हजार रुपैयाँ वरावरको जिन्सी सामग्री प्रदान गरेका थिए भने वीरता जेसीजका सदस्य र लायन्स क्लव अफ बिर्तामोडका सदस्यले सहयोग गरेको अभियन्ता चौधरीले वताए ।
एक सय आठ दिनसम्म सडक मानवलाई खाना खुवाउनका लागि अर्जुनधाराको भिमसेन मन्दिरले भाडाकँुडा उपलव्ध गराएको वताउँदै उनले स्थानीयवासीले समेत अभियानमा सहयोग गरेको बताए ।
विषम् परिस्थिती आए अभियानलाई पुनः निरन्तरता दिने बताउँदै उनले अभियानलाई सहयोग गर्ने सवैलाई धन्यवाद दिए ।

प्रदेश १ कि सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरको पहलमा सडकमा वेवारिसे अवस्थामा रहेका तीन जना सडक महिलाको उद्धार गर्न सफल भएको वताए ।
वीरता जेसीज, लायन्स क्लव लगायत विभिन्न संघ– संस्थामा आवद्ध रहेका दिवाकर मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने उद्देश्यले यस्तो कार्य गरेको बताउँछन् । एनजीओ आइएमई नामक शैक्षिक संस्थाका सञ्चालक समेत रहेका उनी आफूले गरेको कार्यमा परिवारको पूर्ण साथ र सहयोग रहेको बताउँछन् । समाजले छि–छि, दूर–दूर गर्ने सडक मानवलाई सवैले आत्मीय भावले सहयोग गर्नुपर्ने बताउँदै उनले मनोरञ्जनका नाममा गरिने फजुल खर्च यस्ता कार्यमा खर्च गरे सडक मानवको जीवनस्तर सुध्रने बताए ।  उनले स्थानीय , प्रदेश र संघीय सरकारले सडक मानवको विषयमा वेलैमा सोच्नुपर्ने बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 254

प्रतिक्रिया (०)

सम्बन्धित खबर