Aamsanchar

अर्जुनधारा नगर क्षेत्रका ५३ कृषकलाई कुटीकाट्ने मेशीन प्रदान

Author Image
मङ्गलवार, साउन ६, २०७७

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकाले कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र प्रदान गरेको छ ।

आज मङ्लबार एक कार्यक्रममा नगरपालिकाको पशुपक्षी, मत्स्य तथा कछुवा विकास शाखाले कृषकसंगको साझेदारी अनुदान कार्यक्रमअन्तर्गत नगर क्षेत्रका ५३ कृषकलाई उक्त यन्त्र प्रदान गरेको हो ।

नगरप्रमुख हरिकुमार राना, उपप्रमुख कमला खतिवडा, प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेल, नगरपालिकाका पशुपंक्षी ,मत्स्य तथा कछुवा विकास शाखाका प्रमुख पदम राईले संयुक्तरूपमा च्यापकटर मेशीन कृषकलाई हस्तान्तरण गरेका थिए ।

नगरप्रमुख रानाले नगरपालिकाले कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले यन्त्र प्रदान गरेको बताए । कृषिमा आधुनिकीकरण र कृषकको दैनिकीमा सहजता ल्याउन मेसिन प्रदान गरिएको नगरप्रमुख रानाको भनाई छ । नगरले साझेदारीमा नगरक्षेत्रका १४ जना किसानलाई मिल्क क्यान पनि प्रदान गरेको छ ।

साथै नगर क्षेत्रका अति विपन्न २० कृषकलाई नगरपालिकाले निशुल्क च्यापकटर ९कुट्टी काट्ने० यन्त्र प्रदान गरेको पशुपंक्षी ,मत्स्य तथा कछुवा विकास शाखाले जनाएको छ । कार्यक्रमको सञ्चालन पशुपंक्षी ,मत्स्य तथा कछुवा विकास शाखाका प्रमुख पदम राईले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 299

प्रतिक्रिया (०)

सम्बन्धित खबर