Aamsanchar

मलाई जोडेर ‘सिधा कुरा जनतासंग’ कार्यक्रममा देखाईएको बिषय असत्य हो: उप–प्रमुख प्रसाईं

Author Image
मङ्गलवार, साउन ६, २०७७

बिर्तामोड । झापाको विर्तामोड नगरपालिकाकी उप–प्रमुख पवित्रा महतारा प्रसाईंले कार्यक्रम सिधा कुरा जनतासंग र त्यस्का प्रस्तोता रवि लामिछानेविरुद्ध प्रेसकाउन्सिल लगायत सम्बन्धित निकायहरुमा उजुरी दिने बताएकी छिन् ।

मंगलबार विर्ताबजार स्थित नगरपालिकाको सभाकक्षमा आयोजित पत्रकार भोटघाट कार्यक्रममा उपप्रमुख प्रसाईंले उक्तकुरा बताएकी हुन् ।
दुई बर्ष अघि बिर्तामोडमा भएको एउटा आन्दोलनका क्रममा गोली लागेर घाइते भएका मणि नेपालीको श्रीमतीलाई जोडेर आफूमाथि गम्भीर आरोप लगाएको भन्दै उपप्रमुख प्रसाईले अब कानुनी बाटो रोज्ने बताइन्।

उनले मणि नेपालीको परिवारको सदस्यलाई चोरीको आरोप लगाएर घरमा कामबाट निकालेको सिधा कुरा जनतासँगको कार्यक्रममा प्रस्तुत गरिएको थियो। उनले टिभी कार्यक्रममा देखाएको जस्तो तलव नदिएको र कामबाट ननिकालेको बताइन्।
प्रसाईंले भनिन्, ‘मैले चोरीको आरोप पनि लगाएको छैन, कामबाट निकालेको पनि होइन। तर, मलाई रवि लामिछानेको समूहले गलत आक्षेप लगायो, म त्यसका विरुद्ध अदालत जान्छु ।‘

काम गरेको पैसा नदिएको भनेर आफ्नो बद्नाम गर्न खोजेको भन्दै उपप्रमुख प्रसाईंले पत्रकार सम्मेलनका क्रममा भनिन्, ‘कार्यक्रममा देखाईएका कुरा एकलौटी ढंगले प्रस्तुत गरिएको छ’ पटक–पटक सत्यतथ्य बुझन आग्रह गर्दा पनि अहिलेसम्म सो समूह सम्पर्कमा नआएको उपप्रमुख प्रसाईंले बताएकी छिन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 301

प्रतिक्रिया (०)

सम्बन्धित खबर