Aamsanchar

झापामा पहिरो जाँदा एक बालकको मृत्यु

Author Image
बुधवार, साउन ७, २०७७

प्रतिकात्मक तस्वीर : गुगलबाट

झापा । झापाको बुद्धशान्ति–७ मोति डाँडामा गएराति पहिरो गएको छ । पहिरोमा पुरिएर एक जनाले ज्यान गुमाएका छन् । स्थानीय तेजकुमार बराईलीको घर पहिरोले बगाएको हो ।

घटनामा बराइलीको घरमा पाहुना आएका मेचीनगर–९ मागुरमाडीका १५ वर्षीय विवेक दर्नालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापा प्रहरीका प्रवक्ता डीएसपी राकेश थापाले पहिरोले पुरेको अवस्थामा राति १ बजे दर्नालको शव भेटिको बताए ।

स्थानीय र जेसीवीको सहायता लिएर प्रहरीले पहिरोमा पुरिएका दर्नालको शव निकालेको हो । पहिरोमा अरु तीन जना घाइते भएका छन् । ७० वर्षीया तिलमाया, २१ वर्षीया कल्पना र १९ वर्षीया पुष्टिना बराइली घाइते भएका हुन् ।

पहिरोले बराइलीको घर पूर्ण रुपमा क्षति भएको छ भने जोखिममा परेका अरु दुई घरका बासिन्दालाई नजिकको होसना चर्चमा सारिएको डीएसपी थापाले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 192

प्रतिक्रिया (०)

सम्बन्धित खबर