झापा । बर्षयाम सुरुभए यता पानीका कारण धेरैको ज्यान गईसकेको छ । त्यस्तै हिजो दिउँसोदेखि हराइरहेका झापाका तिन बालकहरु पाखेरीमा मृत अवस्थामा फेला परेका छन । बालकहरु भद्रपुर नगरपालिकाले निर्माण गरेको नयाँ सिमसार (पोखरी)मा मृत अवस्थामा फेला परेका हुँन ।
हिजो बेलुका–१ र आज विहान –२ जना मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सिमसारमा डुवेर मृत्यु हुनेमा भद्रपुर–२ कमलधाप निवासी अनिल तामाङका १० वर्षीय छोरा अंकुश तामाङ, सोही ठाउँकी कमला थामीका २ छोराहरु करण थामी र अर्जुन थामी रहेको बताइएको छ ।
बुधबार दिउँसोदेखि घरबाट वेपत्ता रहेका तीन बालक मध्ये अंकुश तामाङको शब विहिबार बेलुका फेला परेको थियो भने थामी दाजुभाईको शब सोही सिमसारमा आज विहान फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले जानकारी दिएका छन ।
पर्यटन क्षेत्रको रुपमा विकास गर्न खनिएको पोखरीमा एकै गाउँका तीन बालकको डुबेर मृत्यु भएको घटनाले यतीवेला गाउँ नै शोकमा डुवेको छ ।
घटना कसरी भयो भन्ने बारे प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख कृष्णप्रसाद कोईरालाले बताएका छन ।