Aamsanchar

मेची अस्पतालका लागि पिसिआर मेशिन सहयोग

Author Image
शुक्रवार, साउन ९, २०७७

झापा ।  झापाको मेची अस्पतालका लागि पिसिआर मेशिन सहयोग प्राप्त भएको छ । मेशिन प्राप्त संगै आउदो साउन १२ गतेबाट पीसीआर प्रविधिबाट कोरोना परीक्षण सुरु हुने भएको छ । त्यस्तै गरी झापामै अर्को पिसिआर ल्याव लगभग तयार भई सकेको छ । नागरिक स्तरबाट एकका लागि एक अभियान मार्फत कनकाई नगरपालिकाको कोटिहोम कर्मयोग भवनमा ल्याव तयारी अवस्थामा पुगेको छ । यसै साता भित्र अभियानले सरकारलाई हस्तान्तरण गर्ने अभियन्ताहरुले तयारी गरेको बताईएको छ ।

झापा प्रदेश १ मै सबैभन्दा धेरै संक्रमित फेला परेको जिल्ला हो । शुक्रबार मात्र २५ जनामा थप संक्रमण देखा परेको छ । पूर्वी सिममामा रहेका १८ जना शसस्त्र प्रहरी
त्यसैगरि झापाका बाह्रदशी र झापा गाउँपालिकाकामा ३–३ जना र बिर्तामोडका एकजनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो।

झापामा अब समुदाय स्तरमा कोरोना फैलिएको आकलन गरिएको छ । सो संगै पूर्वका इलाम, पाँचथर र ताप्लेजुङ जिल्लालाई पनि झापाले नै सुविधा उपलब्ध गराउनु पर्दा दुईवटा ल्याव पनि कमिहुन सक्ने सम्भावना देखिन थालेको छ ।

मेची अस्पतालको लागि स्विस सरकारले उपलब्ध गराएकामध्ये एउटा मेसिन शुक्रबार झापा पठाइएको प्रदेश सांसद बसन्त बानियाँले जानकारी दिदैं भने,“साउन १२ गते जडान गरे लगत्तै संचालनमा ल्याउने तयारी गरिएको छ ।” सांसद बानियाँका अनुसार मेची अस्पतालमा संचालन गरिने ल्याबको पूर्वाधार सबै तयार भइसकेको छ ।

एक कार्यक्रमबीच मुख्यमन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे र राज्यमन्त्री माननीय जसमाया गजमेरसमेत सहभागी भई स्विजरल्याण्ड सरकारका प्रतिनिधि अमन गोन्छेबाट प्रदेश सरकारलाई पीसीआर मेसिन शुक्रबार नै हस्तान्तरण भएको हो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 227

प्रतिक्रिया (०)

सम्बन्धित खबर