यौन रोग (एसटीआई) भन्नाले यौन प्रसारित रोगहरु (सेक्युअली ट्रान्समिटेड इन्फेक्सन) भन्ने बुझ्नुपर्दछ ।
साधारणतया यौन रोग लागेको व्यक्तिसाग यौन सम्पर्क गर्दा सर्ने रोगहरुलाई यौनरोग भनिन्छ । जस्तैस् भिरंगी, धातुरोग, जननेन्द्रीय, मुसा, आदि । यसको प्रभावबाट सन्तान उत्पादन प्रणालीलाई असर गरी बाझोपन, पुरुषमा पिसाब फेर्न गाह्रो हुने तथा अन्धोपन, मुटुको रोग, क्यान्सर र मृत्युसम्म हुन पुगेको तथ्य हामीसँग छर्लङ्ग छ । यौन रोग लागेको आमाबाट जन्मेका बच्चामा अन्धोपन आउनु, बजन कम हुनु, मरेको बच्चा जन्मनु वा जन्मजात भिरंगीको शिकार भएको पाइएको छ ।
यौनरोगका लक्षणहरु :
–महिलामा हुने प्रमुख लक्षणहरुमा योनीबाट असाधारण सेतो दही जस्तो गन्हाउने पानी बग्नु ।
(नोटस् महिलामा थोरै सेतो पानी बग्नु नर्मल हो), तल्लो पेट दुख्नु, यौन सम्पर्क गर्दा तल्लो पेट दुख्नु , महिनाबारीबाहेक योनीबाट रगत बग्नु । पुरुषमा हुने प्रमुख लक्षणहरुमा लिंगबाट बाक्लो पीप जस्तो पानी बग्नु, पिसाब गर्दा दुख्नु पोल्नु, पीप जस्तो पानी बग्नु, पिसाव गर्दा दुख्नु (पोल्नु, लिंगवरिपरि गिर्खा , पानीफोका आउनु, चिलाउनु, अण्डकोष दुख्नु) महिलारपुरुष दुवैका साझा लक्षणहरुमा यौन अंग र मुख वरिपरी घाउ, खटिरा आउनु, पिसाब फेर्दा पोल्ने वा दुख्ने हुनु, निरन्तर थकाई लाग्नु, टाउको दुख्नु, घााटी दुख्नु, ज्वरो आउनु, जीउ दुख्नु गुप्ताङ्ग वरिपरि सुनिनु । (नोटस् पुरुषको लिंगको, लिंगमुण्डको चारैतिर रहेका राता साना बिमिराहरु नर्मल हुन् ।)
यौनरोग सर्ने माध्यमहरु
सबैजसो यौनरोग यौन सम्पर्कबाट नै सर्दछ । यदि एक व्यक्ति संक्रमित छ भने उसले आफ्नो साथीलाई वीर्य, योनीरस तथा रगतबाट सार्न सक्दछ । यसबाहेक छालासागको सिधा सम्पर्कबाट पनि सर्न सक्छ । पुरुष–पुरुष, महिला–महिला, महिला–पुरुषमा सर्दछ ।
यौनरोगबाट बच्ने उपाय र उपचार
हामीलाई ज्ञात भएकै हो, रोग लागेर उपचार गर्नुभन्दा लाग्नै नदिन सावधानी अपनाउनु उत्तम हो । यौनसागको सम्वन्धमा त यो झनै सान्दर्भिक हुन््छ।
बच्ने उपायहरु
–धेरैजना संग असुरक्षित यौन सम्पर्क नराख्ने ।
–यौनरोग भएको अथवा माथिका लक्षणहरु देखिएकासँग यौनसम्पर्क नराख्ने ।
–आकस्मिकरुपमा अथवा राम्रोसाग नचिनेको व्यक्तिसाग यौन सम्पर्क नराख्ने ।
–यौनसम्पर्क राख्नै परे कन्डमको प्रयोग गर्ने ।
–गुप्ताङ्गमा घाउ छ, सुनिएको छ वा गााठो छ भने तुरुन्त डाक्टरलाई देखाउने ।
–यौनरोगको औषधिको पूरा मात्रा सेवन गर्ने ।
–औषधिले निको नभएमा डाक्टरलाई पुनस् भेट्न जाने ।
–आफूसागै आफ्ना सम्पूर्ण यौन साथीको सागसागै उपचार गर्नुपर्छ ।
–यौन सम्पर्क गरेपछि गुप्ताङ्ग सफा गर्ने ।
यौनरोग र एड्स
यौनरोग भइसकेका मानिसलाई एड्स लाग्ने सम्भावना अत्याधिक पाइएको छ । यौनरोग लागेका महिला वा पुरुष भएमा कण्डमको प्रयोग गर्दा पनि एड्स सर्न सक्ने अवस्था देखिन्छ । हुन त मानिसले कण्डम प्रयोग गरिसकेपछि आफू सुरक्षित यौन सम्पर्क गर्दैछु भन्ने सोच राख्दछ तर एउटा बुझ्नैपर्ने कुरा के छ भने महिलाको योनीरस पुरुषको कण्डम लगाएको लिङ्गबाहिरको घाउ खटिरामा लागेर एड्स सर्न सक्दछ । अर्को कुरा यौन सम्पर्क गर्दा यौनरोगीका गुप्ताङ्गमा हुने घाउरखटिराबाट रोग सर्ने सम्भावना अझ प्रबल देखिन्छ ।
पुरुष–पुरुष, महिला-महिला, महिला–पुरुष हुने अप्राकृतिक यौन सम्पर्क जस्तो गुदा मैथुन, मुख मैथुन हुादा शरीरका तन्तुमा बढी क्षति पुगी यौनसाग अझ सजिलै रोग सरेको अध्ययनहरुको माध्यमबाट पत्ता लागिसकेको छ ।
यौनरोगरएड्स र भीसीटी
भीसीटी अर्थात् स्वेच्छिक परामर्श तथा परीक्षण, यौनरएड्स रोग पत्ता लगाउन गरिने पद्धति हो । यस पद्धतिमा तपाईको गोपनियता भङ्ग नगरी तपाईंलाई जााच गरिन्छ । जााच गर्नुअघि तपाईंलाई परामर्श दिइन्छ । तपाईंको आत्मविश्वास वृद्धि गरिन्छ र परीक्षणपश्चात् आएको नतिजाअनुसार तपाईलाई सहयोग सल्लाह र उपचार प्रदान गर्ने काम गरिन्छ । तपाईंको नजिकै भीसीटी केन्द्रमा गएर यी कामहरु गर्न सक्नुहुन्छ ।
वैदेशिक रोजगारी र यौनरोग र एड्स
वर्तमान अवस्थामा कैयौं नेपालीहरु काम, अध्ययन तथा पर्यटकीय हिसाबले विदेश जाने प्रचलन ह्वात्तै बढेको छ । विदेशिएका साथीबाट राम्रै रुपमा पैसा घर–परिवारलाई पठाउने गरेको पाइन्छ । जसले परिवारको आर्थिक अवस्था सुध्रिएको छ । देशले रेमिटेन्स प्रशस्त संकलन गरेको छ ।
तर अर्को पक्षलाई नियाल्दा परिवारबाट टाढा रहादा आफ्नो यौन प्यासलाई मेट्ने असुरक्षित यौन सम्पर्क राख्ने गरेको कुरा त तपार्इंहरुले सुन्नुरभोग्नु भएकै छ । जब घर फर्किनुहुन्छ तब तपाईंले आफ्नो परिवारलाई यौनरोगरएड्स उपहार दिएको त हामीले प्रशस्तै देखेका छौं । यो त्यति व्यापकता नपाएको राष्ट्रको गम्भीर स्वास्थ्य समस्या हो । अब विदेशबाट फर्किएपछि एकचोटी भीसीटी छिरेर मात्र यौन सम्पर्क राखी परिवारलाई बचाउने बेला भएन र रु देशको स्वास्थ मन्त्रालय सम्हालेर बसेका आदरणीय विद्वत वर्गले यो विषयवस्तुलाई व्यापक गरिदिए सााच्चै भविष्यको त्यो विकराल स्वास्थ्य समस्यालाई रोक्न सकिन्थ्यो कि ?