Aamsanchar

विभिन्न पार्टी त्यागगरी बिर्तामोडमा ५२ जना काँग्रेसमा प्रवेस

Author Image
आइतवार, साउन ११, २०७७

बिर्तामोड । बिर्तामोड नगरपालिका १० मा ३८ औ बिपि स्मृति दिवस को अवसर पारेर आयोजित कार्यक्रममा भिभिन्न पार्टी परित्याग गरि ५२ जना नेता कार्यकर्ता नेपाली काङ्ग्रेस प्रबेस गरेका छन । शनिबार आयोजित एक कार्यक्रमका बिच उनिहरु नेपाली काङ्ग्रेसमा प्रबेस गरेका हुन ।

नेपाली काङ्ग्रेस झापाका जिल्ला सभापति उदब थापा , महासमिति सदस्य देउमान थेबे लगायत नेताले नब प्रवेसी हरुलाइ साधारण सदस्य्ता बितराण गर्दै खादा आबिर ले सम्मान गरेर पार्टी प्रबेस गराएका हुन । पार्टी प्रबेस गर्ने हरुमा अधिकाङ्स राप्रपा , नेकपा , लिम्बुवानका नेता कार्यकर्ता हुन । नब प्रबेसी हरुले आफुहरुले आस्था गरेको पार्टिले जनताको नेतृत्व गर्न नसकेकाले अफुहरुको भरोसा ती पार्टी बाट उठेको र अब नेपाली काङ्ग्रेस माथी बिस्वास बडेकाले आफुहरु नेपाली काङ्ग्रेसमा प्रबेस गरेको नवप्रवेशीलेहरुले भनेको नेता थेवेले बताए ।

कार्यक्रम लाई सम्बोधन गर्दै सभापती उदब थापाले अहिलेको सरकार महामारीको बेलामा पनि देशको ढुकुटी लुट्ने कार्यमा ब्यस्त रहेको जनाताको जीवनस्थर सुधार गर्न कदम नचालेको आरोप लगाए , भ्रस्टाचार द्वन्दहिनता , जस्ता कार्यहरु यो सरकार को पालामा बडेर गएको उनले बताए । उनले थपे बिपि कोइरालाको पाला देखि नै काङ्ग्रेस समाबेसी रहेको आदिबासी जनजातीको निम्ति आइएलो १६९ गिरिजा प्रसाद कोइरालाको सरकार को पालामा बनेको कुरालाइ सम्जदै आदिबासी जनजाती हरुलाइ सम्मान गर्ने पार्टी नेपाली काङ्ग्रेस नै भएको बताए ।

कार्यक्रम मा बोल्दै नेता देउमान थेबे ले नेपाली काङ्ग्रेस को बिचार र सिद्धान्त लाई अङ्गालेर काङ्ग्रेस प्रबेस गरेका नेता कार्यकर्ता लाई काङ्ग्रेसले सधै सम्मान गर्ने, अवसर हरुलाइ समान रुपमा वितरण गर्ने नयाँ पुरानो नभनी भेदभाब नगरिने उनले बताए , नेपाली काङ्ग्रेसमा आबद्ध सबैले आफ्नो समस्या मा र समाज का समस्यामा हातेमालो गरेर आघी बड्न सुझाब दिदै आफू सधै तपाइहरु संग सहकार्य गरेर अघी बड्ने बताए । कार्यक्रम को सभापति वडा सभापती मदन गुरुङ ले गरेका थिए भने प्रमुख अतिथीमा नेका जिल्ला सभापती उद्धव थापा , विशिष्ट अथितीमा देउमान थेबे , अथितिहरुमा जिल्ला सदस्य जलकुमर गुरुङ झापा क्षेत्र ३ प्रदेश क सभापति नवीन बिमली , बिर्टामोड सभापति भोजराज सिटौला , नेबि संघ पुर्ब केन्द्रिय सदस्य सन्तोस उप्रेती , वडा सदस्य महिला नेत्री दिपिका सिवा , लगायत को आथित्यता रहेको कार्यक्रममा स्वागत मन्तब्य लोकबहादुर पौडेलले राकेका थिए भने कार्यक्रम माथी प्रकास क्षेत्रिय सदस्य पहलमान श्रेष्ठ ले पारेका थिए , भोजराज सिटौला , नवीन बिमली , जल कुमार गुरुङ लगायत ले मन्तब्य राखेको कार्यक्रममा सन्चालन रुद्र प्रसाद खतिवडाले गरेका थिए ।

Views: 174

प्रतिक्रिया (०)

सम्बन्धित खबर