

चारपाने । एकका लागि एक अभियानको अगुवाईमा समुदाय–सहकारी–सरकार र निजी क्षेत्र पनि संगै रहेकोे अभियानको साझेदारीमा कनकाई–४ कोटीहोमस्थित समर्पण राष्ट्रिय अभियानको भवनमा स्थापित पीसीआर परीक्षण प्रयोगशालाका लागि मुख्य साझेदार संस्था मध्ययेको एक अन्तर्राष्ट्रिय झापाली समाजले २५ लाख रुपैयाँ प्रदान गरेको छ ।

सोमबार बिर्तामोड स्थित अतिथि सदनमा आयोजित पीसीआर ल्याव स्थापनाका लागि सहयोग रकम हस्तान्तण कार्यक्रम मार्फत उक्त रकम अभियानलाई हस्तान्तरण गरिएको हो ।
समाजको विश्वका ४२ वटा देशमा आफ्नोे शाखा रहेको छ । तिनै शाखाका पदाधिकारी सदस्यहरुको सक्रियतामा उक्त रकम जम्मागरी पीसीआर ल्यावको लागि प्रदान गरिएको बताईएको छ ।



क्रमस अभियन्ता कुमार भट्टराई, सह–संयोजक बिनोद बस्नेत, कार्यक्रमका अध्यक्ष अन्तर्राष्ट्रिय झापाली समाजका उपाध्यक्ष नविन पोखरेल, अभियानका संयोजक महेन्द्रकुमार गिरी ।

अन्तर्राष्ट्रिय झापाली समाजका उपाध्यक्ष नविन पोखरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा एकका लागि एक अभियानका संयोजक महेन्द्रकुमार गिरी, सहसंयोजक विनोद बस्नेत, नेपाल पत्रकार महासंघ झापाका पूर्वअध्यक्ष मोहनकाजी न्यौपाने, बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, जिल्ला प्रहरी कार्यालयको तर्फवाट प्रतिनिधित्व गर्दै इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी मुकुन्द रिजालको आथित्यता रहेको थियो ।

अभियानका संयोजक महेन्द्रकुमार गिरी ।
कोरोना सचेतनाका विधिलाई अवलम्बन गर्दै भौतिकदुरी, मास्क प्रयोगलाई अनिवार्य गरिएको कार्यक्रममा अन्तर्राष्ट्रिय झापाली समाजका कार्यालय सचिव मणिकुमार लिम्बुले स्वागत गरेका थिए । त्यसैगरी अतिथि मोहनकाजी न्यौपाने, अभियन्ता शिवकुमार कडेल, अभियानका सह–संयोजक बस्नतेले अभियानको विगत र वर्तमानको बारेमा बिचारहरु राखेका थिए । कार्यक्रमको संचालन अभियन्ता नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरीले गरेका थिए ।

अभियानका सह–संयोजक विनोद बस्नेत ।
विश्वमा महामारीको रुप लिइरहेको कोरोना भाइरसको संक्रमण नियन्त्रणमा सरकारलाई सहयोग पुर्याउन नागरिकस्तरबाट कनकाई–४ कोटीहोमस्थित समर्पण राष्ट्रिय अभियानको भवनमा पीसीआर परीक्षण प्रयोगशाला स्थापना गरी सरकारलाई हस्तान्तरण गर्न लागिएको एकका लागि एक अभियानका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिए । मेची अस्पतालको मातहतमा रहने गरी उक्त पीसीआर परीक्षण प्रयोगशाला सञ्चालन हुने बताउँदै उनले हालसम्म एक करोड ६८ लाख रुपैयाँ संकलन भइसकेको र ४७ लाख रुपैयाँ खाद्यान्न, भिटिएम, आरडिटीलगायतमा खर्च भएको बताए ।

कार्यक्रमका अध्यक्ष, अन्तर्राष्ट्रिय झापाली समाजका उपाध्यक्ष नविन पोखरेल ।
त्यसैगरी कार्यक्रमका अध्यक्ष नविन पोखरेलले अभियानले अघिसारेको कार्यक्रम नागरिक र सरकारको लागि अत्यन्तै आवसेक रहेको छ ‘त्यसमा पनि नागरिकको स्वास्थ्य संग जोडिएको बिषय भन्दा अरु कुनै पनि काम ठुलो हुनसक्दैन’ यसकार्यक्रम प्रति साझेदार बन्न हामि उत्साहित बनेका हौं आगामी दिनमा पनि यस्तै समुदाय स्तरमा हुने हरेक सामाजिक कार्यक्रममा अन्तर्राष्ट्रिय झापाली समाज सधै साथमा रहने बताएका छन ।

अन्तर्राष्ट्रिय झापाली समाजका कार्यालय सचिव मणिकुमार लिम्बु ।

नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष मोहनकाजी न्यौपाने ।

अभियन्ता नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरी ।

कदर पत्र प्रदान गर्दै अभियानका संयोजक गिरी, ग्रहण गर्दै समाजका उपाध्यक्ष पोखरेल, साथमा अभियानका सह–संयोजक बस्नेत ।

अभियन्ता शिवकुमार कडेल ।

कार्यक्रममा सहभागी पत्रकार र अभियन्ताहरु ।

