Aamsanchar

प्रहरी तर्फ कोरोना जाईलाग्दै, स्याङजाका एसपी सहित १८ जनामा कोरोना पुस्टी

Author Image
सोमवार, साउन १२, २०७७

स्याङजा प्रहरी प्रमुख एसपीसहित १८ जना प्रहरी कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

कोरोना नियन्त्रण, व्यवस्थापनमा अग्रभागमा रहेर काम गर्नुपर्ने प्रहरीहरु एक पछि अरु गर्दै कोरोना संक्रमित बन्न थालेका छन ।
प्रहरीमा लक्षण सहित कोरोना देखापर्न थालेको छ । सोमबार स्याङ्जाका एसपीसहित १८ जना प्रहरीमा कोरोना संक्रमण बनेका छन ।  पछिल्लो दिन यता यसअघि प्रहरी प्रधान कार्यालय काठमाडौंका १३ र झापा मेचीनगर सिमामा कार्यरत २० जना प्रहरीमा कोरोना पुस्टी भएको थियो ।  गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विज्ञप्तिअनुसार स्याङ्जामा मात्रै १८ जनामा कोरोना भाइरस भएको पुष्टि भएको हो । १८ जनामध्ये एक जना महिला कर्मचारी छन् ।

गत साउन ७ गते प्रहरीमा एकाएक ज्वरो आउने र रुघा लाग्ने भएपछि साउन ८ गते स्वाब संकलन गरी परीक्षणका लागि पोखरा पठाइएको थियो । ९८ जना प्रहरी र हिरासतमा रहेका ४ जना गरी १०२ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा ४० जनाको मात्र रिपोर्ट आएको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माले जानकारी दिए । यसअघि स्याङ्जामा कार्यरत ३ जना प्रहरीमा कोरोना देखिएको थियो । तीन जना नै कार्यालयभित्रै सुरक्षित तवरले बसेका छन् ।

‘कोरोना भित्रभित्रै ब्यारेकमा सरिसकेको रहेछ,’ शर्माले भने, ‘खासै लक्षण नदेखिएपछि चेक गरिँदैन । प्रहरीको हकमा भने रुघा र ज्वरो लक्षण देखिएको थियो ।’
संक्रमित सबै जनालाई पुतलीबजारस्थित करेन्डाँडा र हेलुस्थित कालिका अस्पतालको आइसोलेसन सेन्टरमा लैजाने तयारी भइरहेको शर्माले बताए । ‘एसपी साबलाई भने आफ्नै निवासमा बस्न दिने कुरा भएको छ’ उनले थपे, ‘स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा रहनुहुनेछ ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 202

प्रतिक्रिया (०)

सम्बन्धित खबर