Aamsanchar

सताक्षीको द्धादश ज्योतिर्लिगमा जल चढाउनेको भिड, सडकमा मास्क नलगाउदा कार्वाही

Author Image
सोमवार, साउन १२, २०७७

झिलझिले । पर्यटकीय सताक्षीधामको द्धादश ज्योतिर्लिगमा बोलबम धार्मिक यात्रामा आउने सर्वसाधरणको सोमबार घुइचो लाग्यो ।

गोलोक गोवद्र्धन गौशला परिषरमाको पशुपतिनाथ द्धादश ज्योतिर्लिगमा जल चढाउको घुईचो सोमबार (आज) दिउसो मध्यान्न सम्म देखिएको हो । सताक्षीधाम आउने श्रद्धालुले कनकाई, सताक्षी, घर नजिकका ताल तलाउबाट जल ल्याएर शिवालयमा अर्पण गरेका थिए ।

अघिल्ला सोमबार भन्दा यो सोमबार शिवका शक्तिपीठमा भक्तजनको भीड देखिएको गोलोक गोवद्र्धन गौशालाका अध्यक्ष नन्दकिशोर भारद्धाजले बताए । पुरुष गेरु बस्त्र र महिला रातो, हरियो रंगको बस्त्रमा आएर शिवालयमा पूजा आराधना गरेको गौशालाले जनाएको छ । झापा सहित मोरङ्ग, सुनसरी, ईलाम लगायतका स्थानबाट भक्तजन आएका थिए ।

गौशाला व्यवस्थापन समितिका  अनुसार बन्दाबन्दी खुलेपछिको सबैभन्दा बढी भिड आज लागेको हो । अघिल्ला सोमबारमा तिर्थालु आएका थिएनन् ।  पानी परेकाले सडक बिग्रिएको हुँदा अधिक श्रद्धालु चाहेर पनि आउन सक्नु भएन । आउदो साता सायद भक्तजनको भिड द्धादश ज्योतिर्लिगमा देखिने छ ।’

उता कोरोना संक्रमण फैलने सम्भावनालाई  मध्ययेनजर गरेर पूर्वका प्रशिद्ध शिवालय अर्जुनधारा जलेश्वर धाम, धरानको पिण्डेश्वर लगायतका मंन्दिरहरु भने बन्द गर्ने निर्णय साउन सुरु नहुदै गरिएको थियो ।

गोलोक गोवद्र्धन गौसाला स्थापना भएपछि बोलबम गएर श्रावणी पर्व मनाउने श्रद्धालु भक्तजनको संख्या सताक्षीधाममा बर्षेनी बढ्दै गएको छ । गौशाला ५ वर्ष अघिमात्र स्थापना भएको हो ।

साउने सोमबार भगवान शिवको महिमा मानिने हुँदा भक्तजन उपासना गरी नजिकको पवित्र नदी, कुण्ड तथा तलाउबाट ल्याएको जल शिवलिंगमा चढाउँदा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

मास्क प्रयोग नगर्नेहरुलाई कारबाही गर्न गृहको निर्देशन

मास्क प्रयोग नगर्नेविरुद्ध कडा रुपमा प्रस्तुत हुन गृहमन्त्रालयले निर्देशन दिएको छ । मास्कको प्रयोग घटेको भन्दै ७७ वटै जिल्ला प्रशासन कार्यलय र नेपाल प्रहरीलाई सो निर्देशन दिइएको हो ।

गृहमन्त्रालयले जारी गरेको निर्देशन कडाईका साथ लागू गर्न निर्देशन दिइएको मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले जानकारी दिए । मास्क नलगाउनेलाई पक्राउ गर्न भनेको अधिकारीले बताउनुभयो । साथै, कारबाहीको विवरण पनि दैनिक रुपमा हरेक जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयमा बुझाउनु पर्नेछ ।

मास्क नलगाउने व्यक्ती विरुद्ध संक्रमक रोग नियन्त्रण ऐन अनुसार कारबाही प्रक्रिया अघि बढ्ने जनाइएको छ । पछिल्लो समय जनस्तरबाट लापरबाही बढेकाले जोखिम बढ्दै गएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 255

प्रतिक्रिया (०)