Aamsanchar

झापामा समुदायमा कोरोना देखा पर्यो, बाह्रदशी गाउँपालिकाको ३ वटा वडा शिल

Author Image
सोमवार, साउन १२, २०७७

बाह्रदशी । झापामा समुदाय स्तरमा कोरोना फैलिएको आशंका गरिरहेकोे अवस्थामा बाह्रदशी गाउँपालिकामा दुई व्यक्तीमा संक्रमण देखिएको छ । यो संगै समुदायमा कोरोना फैलिएको पुष्टी भएको छ ।

सुरक्षाकर्मीसँगै झापामा स्थानीय समुदायमा समेत कोरोना संक्रमण फैलिएको छ ।

संक्रमित हुनेहरुमा एकजना राजनीतिक कार्यकर्ता र अर्का स्वास्थ्यकर्मी रहेका छन् । बाह्रदशी २ का स्वास्थ्यकर्मी र वडा नं ३ का नेकपाका एक कार्यकर्तालाई संक्रमण देखिएको गाउँपालिका कार्यालयले जनाएको छ ।

चार दिन अघि क्वारेन्टाइनमा बसेका ब्यक्ति , जनप्रतिनिधि , स्वास्थ्यकर्मी र राजनीतिक कार्यकर्ता गरी २६ जनाको स्वाब संकलन गरी पठाइएको थियो । त्यसमध्ये समुदायका ती दुई जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितहरुलाई कोभिड हस्पिटल गोठगाउँ पठाइएको छ । योसँगै बाह्रदशीमा कोरोना संक्रमितको सँख्या १४ पुगेको छ ।

समुदाय स्तरमा कोरोना अझ नफैलियोस् भनेर गाउँपालिकाले वडा नं. १ , २ र ३ लाई शिल गरेको छ ।

गाउँपालिकाका अनुसार साविकको राजगढ गाविस शिल गरिएको छ । दुई व्यक्तिमा संक्रमण भेटिएपछि अर्को निर्णय नहुन्जेलका लागि आज राति १२ बजेदेखि लागु हुने गरी शिल गरिएको गाउँपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 106

प्रतिक्रिया (०)

सम्बन्धित खबर