हरेक वर्ष जुलाई २८ तारिखको दिनलाई विश्व हेपाटाइटिस दिवसका रुपमा मनाइँदै आएको छ । भाइरल हेपाटाइटिसको जोखिम कम गर्दै विश्वलाई स्वस्थ बनाउने अभियानमा विश्वभरका मानिसहरु एक जुट हुने दिन हो आज । भाइरल हेपाटाइटिसले यो युगको सबैभन्दा खतरनाक स्वास्थ्य समस्याको रुपमा विकराल रुप लिँदै गएको छ ।
विश्व स्वास्थ्य संस्थाको तथ्यांकलाई हेर्ने हो भने, संसारभरका ३२,५०,००,००० मानिसहरु भाइरल हेपाटाइटिस बी र सी बाट ग्रसित छन् । यो रोगबाट ग्रसित हुने १० जनामध्ये ९ जना यस रोगबारे अनभिज्ञ रहने पनि तथ्यांकले देखाउने रहेछ । यस्तो रोगबारे केही थाहा नहुनुले यो रोगले समस्यालाई विकराल बनाउन थप सघाउ त पु¥याउने नै भयो । यस्तो अनभिज्ञता र अज्ञानता हटाउनपर्छ भनेर नै आजको दिन मनाउन थालिएको हो है । हामीमध्ये कति जनालाई यो रोगबारे थाहा छ त रु
एचआइभी एड्स, मलेरिया, क्षयरोगजस्तै यो रोग पनि विश्वभरिका मानिसहरुलाई मृत्युको शिकार बनाउने डरलाग्दो रोग हो । हेपाटाइटिस बी र सी लागेर हरेक वर्ष १३,००,००० मानिसहरुको मृत्यु हुने गर्दछ । कलेजोको क्यान्सर हुन दिन यो रोगको भाइरसले मुख्य योगदान गर्दछ । हेपाटाइटिस भनेकै भाइरल संक्रमणका कारण कलेजो सुन्निनु हो । हेपाटाइटिस मुख्य गरी पाँच किसिमका हुन्छन्ः ए, बी, सी, डि र इ । यी पाँच किसिमका हेपाटाइटिसहरु घातक र मृत्युको काल सरह मानिन्छन् ।
एचआइभी एड्स, मलेरिया र क्षयरोगभन्दा हेपाटाइटिस बी र सी का कारणले वार्षिक धेरै मानिसहरुको मृत्यु हुने गर्दछ । कलेजोको क्यान्सरले मृत्यु हुने ३ मध्ये २ हेपाटाइटिसका रोगी हुने गर्दछन् ।
हेपाटाइटिसलाई विश्वकै खतरनाक रोगमध्येको मानिनुको अर्को मुख्य कारण के पनि रहेछ भने हेपाटाइटिस बी र सीलाई मौन महामारी नै भनिँदो रहेछ । यसले मुख्य गरी बालबालिका र सीमान्तकृत समूहलाई नै पिरोल्ने गर्दो रहेछ ।
आदिबासी, लागूपदार्थ दुव्र्यसनी, एचआइभी संघर्षरत मानिसहरु, प्रवासीहरुमा हेपाटाइटिसले बढी नै सताउने गरेको रहेछ । अझ हेपाटाइटिस बी लागेका ९०५ मानिसहरु र हेपाटाइटिस सी भएका ८०५ मानिसहरुलाई त आपूmमा यो रोग भएको बारे अनभिज्ञ रहने र नजानेरै अरुमा यो रोग सार्ने गरेकाले पनि यसलाई एचआइभी र अन्य रोगहरुसरह घातक रोग मानिन थालिएको रहेछ ।
हेपाटाइटिसबारे जागरुकता बढाउनका निम्ति हरेक वर्षझैँ यो वर्ष पनि हेपाटाइटिस दिवस मनाइँदैछ । अस्पतालको सहज पहुँच, औषधिको सुलभ उपलब्धता र स्वास्थ्य अधिकार नभएसम्म हामीले अभैm धेरै मानिसहरु गुमाउनेछौँ, उनीहरु विश्व जनसंख्याबाट ओझेल पर्नेछन् । यी ओझेल अनुहारहरु फेरी अर्को वर्षको निम्ति तथ्यांक बनेर थन्किनेछन् । यी ओझेल अनुहारहरु पनि त जीवन हुन् भनेर एक चोटि फेरी बिर्सिनेछौँ हामीले । अनि अर्को वर्षको हेपाटाइटिस दिवसमा पुनः स्मरण गर्नेछौँ यी हराएका, विलिन भएका, हामीले बचाउन सक्ने सम्भावित जीवन कथाहरु ।
स्वास्थ्य सेवा सुलभ र सहज नभएको हाम्रो जस्तो देशमा त झन् कुनै पनि रोग लाग्नु यसै नै बोझिलो हुने गर्दछ । यस्ता भयानक रोगबाट ग्रसित हुनपर्दा त मृत्युकै बाटो रोज्नपर्ने हुन्छ । यसकारण समयमा नै यसबारे जागरण बढाउनु सर्वसाधारणको हैसियतले हामी सबैको कर्तव्य हो भने नागरिकको स्वास्थ्य अधिकारको सम्मान गर्नु राज्यको कर्तव्य । आजकै दिन भएपनि आपूmले माया गर्ने आफ्नो परिवार र साथीभाइसँग हेपाटाइटिस कसरी लाग्दो रहेछ, यसबाट बच्ने तरिकाहरु के रहेछन् भन्ने बारेमा छलफल गर्नुहोस् है ।