Aamsanchar

१५ गते बाट होटल र पर्यटन क्षेत्र खुल्ला हुने

Author Image
मङ्गलवार, साउन १३, २०७७

काठमाडौं । नेपालमा कोभिड–१९ को सङ्क्रमण दिनप्रतिदिन बढ्दै छ । अहिलेसम्म १८ हजारभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् भने पाँच हजारभन्दा बढी अझै पनि उपचाररत छन् । तेह्र हजारभन्दा बढी व्यक्ति निको भएर घर फर्किसकेका छन् । तर सङ्क्रमणको जोखिमका कारण गत चैत ११ देखि शुरु गरिएको बन्दाबन्दी भने विस्तारै खुल्दैछ । लामो समयपछि सरकारले यही साउन ५ गतेबाट लामो दुरीका यातायात, हवाईसेवा र शिक्षण संस्था बाहेकका क्षेत्रमा बन्दाबन्दी हटाएको छ । काठमाडौँलाई बन्दाबन्दीबाट खुला गरी आर्थिक क्षेत्रलाई थप चलायमान बनाउने रणनीति सरकारले लिएको छ ।

होटल तथा रेष्टुरेन्ट र पर्यटनका सामान्य क्षेत्र यही साउन १५ गतेपछि खुल्दैछन् भने भदौ १ देखि लामो दूरीका सवारी साधनका साथै हवाईसेवा पनि शुरु गर्ने सरकारले जनाएको छ । यद्यपि अझै केही महत्वपूर्ण सार्वजनिकस्थलका साथै सभा सम्मेलन, भोजभतेर, सेमिनारलगायतका कार्यक्रम सञ्चालनको निर्णय हुन भने बाँकी नै छ । नेपाल सरकारका प्रवक्ता डा युवराज खतिवडाले दैनिक जनजीवन नै थप प्रभावित हुँदै गएकाले सहज बनाउन मात्रै बन्दाबन्दी हटाएको बताएका छन् । उनको भनाइको आशय जोखिम कम भएर सरकारले बन्दाबन्दी हटाएको होइन भन्ने हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 293

प्रतिक्रिया (०)