झापा । झापाको भद्रपुर नगरपालिका वडा नं. ४ मन्त्री चोकबाट दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रतिबन्धित लागू औषध कारोबारमा संलग्न रहेकोे कसुरमा लागू औषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलिले बुधबार भद्रपुर– धिमालधुरा घर बताउने बर्ष २६ को अजय थापा र बर्ष २२ को रोशन माझी पक्राउ परेका हुँन ।
शंकास्पद अवस्थामा सडकको किनारमा प्र.१–०१–०१२प ६९२१ नम्बरको सुन्तला कालो रङको केटिएम मोटरसाईकल सहित नियन्त्रणमा लिईएकोे जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।
दुवैलाई कानून बमोजिमको खानतलासी पुर्जी दिई चेकजाँच गर्दा अजय थापा मगरले आफ्नो पिठीयुको पछाडी भिरी राखेको कलेजी रङको झोला खोली हेर्दा झोला भित्र NITROSUN- 10 लेखिएको ४ बट्टा लागू औषध फेला परेको सवै बट्टा खोली हेर्दा १ बट्टा भित्र ५ वटा पत्ताका दरले रहेको १ पत्तामा २० वटा चक्की (ट्याबलेट) का दरले जम्मा ४०० (चार सय)चक्की (ट्यावलेट) रहेको र सोही झोला भित्र 100 ML लेखीएको ५० बोतल लागु औषधहरु बरामद भएको र पक्राउ परेका थापा मगर र माझीलाई जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भैइ रहेको जिल्ला प्रहरी सुचना अधिकारी राकेश थापाले बताए ।