Aamsanchar

ब्राजिलका राष्ट्रपतिको परिवारमा पनि कोरोना पोजेटिभ

Author Image
शुक्रवार, साउन १६, २०७७

ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोकी श्रीमती तथा फर्स्ट लेडी मिशेल बोल्सोनारो कोरोनाभाइरसद्वारा संक्रमित भएकी छिन् । उनी कोरोनाभाइरसद्वारा संक्रमित भएको रिपोर्ट बिहिबार प्राप्त भएको हो ।

राष्ट्रपति कार्यालयका अनुसार उनको स्वास्थ्य स्थिती राम्रो छ र उनले सबै नियम पालना गरिरहेकी छिन् । मिशेललाई अन्तिम पटक बुधबार दिउँसो सार्वजनिक रुपमा देखिएको थियो । उनी आफ्ना श्रीमानसँग ब्रासिलियामा आयोजित एक कार्यक्रममा सहभागी भएका थिए । राष्ट्रपति बोलसोनारो जुलाई ७ मा कोरोना पोजेटिभ पाइएका थिए । करिब दुई हप्तापछि शनिबार उनको रिपोर्ट नेगेटिभ आएको थियो ।

संसारभरी हालसम्म कोरोनाभाइरस संक्रमितको संख्या १ करोड ७३ लाख ३३ हजार ८ सय ३५ रहेको छ । यीमध्ये १ करोड ८ लाख २७ हजार ३ सय २८ जना निकोसमेत भइसकेका छन् । यस्तै ६ लाख ७२ हजार ९ सय २२ जनाको मृत्यु भइसकेको वर्ल्डोमिटर्सको पछिल्लो आँकडाले जानकारी दिएको छ ।

उता फ्लोरिडामा २४ घण्टामा ९ हजार ९ सय ५६ जना नयाँ संक्रमित फेला परेका छन् , यस्तै सर्वाधिक २ सय ५३ को मृत्यु भएको छ । यसअघि बुधबार २ सय ६१ को ज्यान गएको थियो । राज्यमा संक्रमितको संख्या ४।५१ लाख पुगेको छ जबकी ६ हजार ५ सय ८६ को मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 262

प्रतिक्रिया (०)

सम्बन्धित खबर