Aamsanchar

वीरगञ्जमा कोरोना कहर : सांसदसहित ६४ जनामा संक्रमण पुष्टि

Author Image
शनिवार, साउन १७, २०७७

वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य स्वास्थ्यकर्मी सहित ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा ६१ जना पुरूष र ३ जना महिला रहेका छन् । संक्रमित हुनेहरुमा १५ वर्षका बालक देखि ६८ वर्षकी  महिला रहेकी छन।

नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले जानकारी दिएअनुसार शुक्रबार राति संक्रमण पुष्टि भएका ६४ जना मध्ये प्रतिनिधी सभा सदस्य एक जना र नारायणी अस्पतालका २ जना स्वास्थ्यकर्मी रहेका छन् ।

यस्तै मास ट्रेसिङमा पिसिआर जाँच गराएका ४५ जना, स्वेच्छाले पैसा तिरेर पिसिआर जाँच गराएका १०, कन्ट्याक्ट ट्रेसिङमा परेका ४ जना, प्रतिनिधी सभा सदस्यका चालक र अङ्गरक्षक १-१ जना रहेको मेडिकल सुपरिडेन्टेन्ट उपाध्यायले जानकारी दिए ।

साउन ११ गते देखि १६ गते सम्मका स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा ६४ जना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डा. निरज सिंहले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 73

प्रतिक्रिया (०)

सम्बन्धित खबर