Aamsanchar

युएईमा नेपालीको अवस्था र जिम्मेवार निकायको भुमिका

Author Image
आइतवार, साउन १८, २०७७

कोरोना भाइरसको महामारिबाट विश्व भर रहेका नेपालीहरु अछुतो रहेका छैन्न । कोरोनाकै कारण वैदेशिक रोजगारमा रहेका धेरै नेपाली बेरोजगार भएका छन भने यो क्रम अझ बढने क्रममा छ ।
नेपाल सरकारले गरेको लकडाउन सँगै अन्तरास्ट्रिय हवाई उडान बन्द हुँदा बिदेशमा रोजगारी, उपचार, अध्ययन, भ्रमण तथा आफन्त भेटन पुगेका तर घर फर्कन चाहाने नेपालीहरु विदेशमै अलपत्र परेको अवस्था हामी सामु छर्लङ्ग छ ।

विदेशमा समस्यामा परेका नेपालीहरुलाई सम्बन्धित देशबाट दुतावासको समन्वय र सहजिकरणमा ढिलै भएपनी चार्टर उडान मार्फत केही नेपाली स्वदेश फर्किए भने केही फर्कने क्रममा छन । तर के यहि रफ्तारमा उडान भए समस्याको समाधान होला त ? अवस्य हुदैन ।
नेपाल सरकारको मन्त्री परिषदले हालै भदौ १ गतेबाट आन्तरिक र अन्तराष्ट्रीय उडानहरु संचालनको लागि अनुमति दिने निर्णय लिएसंगै विदेशमा रहेका नेपालीमा केही आसा अवस्य जगाएको थियो । तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले दैनिक १५ वटा मात्र अन्तराष्ट्रीय उडान संचालन गर्ने भनेर प्रष्ट गरिसकेको अवस्थाले अझ अन्योलता थपिएको छ ।

युएईको सन्धर्भमा भन्नू पर्दा नेपाली दुतावासले गत जुलाई १२ मा दोश्रो पटक ३८९९१ जनाको नाम एकीकृत नामावली सार्वजनिक गरेको थियो । अहिले सम्म ८ हजारको हाराहारिमा स्वदेश फर्कि सकेका छन । तर हरेक हप्ता घर फर्कन चाहानेको संख्या करिव १५ सयको हाराहारीमा बढिरहेको शुरुवाती दिन देखिनै प्रत्यक्ष रुपमा राहत वितरणमा जुटिरहनु भएका एनआरएनए युएईका उपाध्यक्ष एवं क्युआरएफ टिमका संयोजक पासाङ शेर्पा बताउनु हुन्छ । यो अवस्थामा कायम रहे भदौ १ पछि त्रिभुवन विमानस्थलले दैनिक १५ वटा भन्दा धेरै अन्तराष्ट्रीय उडान संचालन गर्ने निर्णय कायम राखे स्थिती सहज हुनुको सट्टा झन भयावह हुने निश्चित छ ।
युएईको सरकारको नयाँ भिषा नीति अनुसार आगामी अगष्ट १० पछि भिषामा समाप्त भएकाहरुले (पहिलो दिनको १२५, नन् रिन्यूअल पेनाल्थटी र लिभ पर्मिट को २८७ फाइन, र हरेक दिन २५ रेसिडेन्स भिसा र१०० भिजिट भिषा) का दरले जरिवाना तिर्नु पर्नेछ ।जुन महिनौ देखि बेरोजगार रहेकाहरु र विभिन्न कारणले अलपत्र परेकाहरु जो दैनिक रुपमा राहत थापेर हातमुख जोडदै आएका छन, के उनिहरुले तोकिएको जरिवाना तिर्न सक्ने अवस्था छैन ।

यहि अन्योलताका बिच १ अगस्ट देखि ८ अगस्टसम्म १७ वटा चार्टर्ड उडान र ९ अगस्टबाट १७ अगस्टसम्म थप १३ वटा चार्टर्ड उडान भन्ने जुन समाचारहरु बाहिर आएका छन त्यसलाई भने सुखदै मान्नु पर्छ । जसले जरिवाना तिर्नु पर्ने अवस्थामा पुगिसकेकाहरुलाई थोरै भए पनि राहत पुग्न सक्छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आफ्नो पुर्ववत निर्णय कायम राख्ने हो भने युएईबाट दैनिक १ वटा उडान हुने अनुमान लगाउन सकिन्छ । यस्तो भएमा राहतको कार्य लकडाउनको समय भन्दा कयौ गुणा ठूलो परिमाणमा गर्नु पर्ने अवस्था सृजना हुन सक्छ । अब गाँस मात्र होइन सुरक्षीत वासको समेत व्यवस्ता गर्नुपर्ने अवस्था आउँछ । जरिवाना तिर्नुपर्ने पक्ष त छदैछ । यस्तो विषम परिस्थितिको नेपाली दुतावासले पुर्वानुमान गर्न चुकेकै हो र सोही अनुसार नेपाल सरकारलाई यहाको अवस्था प्रस्ट्याउन नसकेकै हो । जसको मार अब युएईमा रहेका नेपालीले भग्दैछ्न ।

यी सबै समस्याको समाधान भनेको युएईबाट पुर्ववत रुपमा नियमत उडान संचालन गर्नुको अर्को विकल्प छैन । त्यसैले कोरोना परिक्षणको रिपोर्टलाई अझ कडाईका साथ लागू गरौ । क्वारेन्टाइनलाई व्यवस्थित बनाऔ । यसका लागि राज्यका संयन्त्रलाई पुर्णरुपमा सकृय बनाऔ र अन्तर्राष्ट्रिय उडानलाई नियमित र पुर्ववत रुपमा उडान भर्ने अनुमती दिऔ । अव पनी यस बिषयमा गम्भीर रुपमा नसोच्ने हो भने, धेरै नेपालीहरु मानसिक रुपमा विक्षिप्त हुने अमा पुगिसकेका छन । स्थिती अझ भयावह हुने निश्चित छ । त्यसको जिम्मेवार नेपाल सरकार र तालुकदार निकायहरु हुनुपर्नेछ । त्यसैले यसतर्फ समयमै ध्यान जाओस ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 321

प्रतिक्रिया (०)

सम्बन्धित खबर