Aamsanchar

बिर्तामोड उद्योग बाणिज्य संघ द्वारा चारहजार मास्क वितरण

Author Image
आइतवार, साउन १८, २०७७

चारपाने । बिर्तामोड उद्योग बाणिज्य संघले चारहजार मेडिकल मास्क वितरण गरेको छ ।

बिर्तामोडको विभिन्न स्थानमा वितरण गर्नको लागि स्थानिय संघ संस्थाका प्रतिनिधी मार्फत उक्त मास्क वितरणगरिएको थियो ।

आईतबार विर्तामोड स्थित अतिथि सदनमा आयोजित कोभिड–१९ कोरोना भाईरस संक्रमण रोकथाक सचेतना तथा मास्क वितरण कार्यक्रममा मास्क संगै पाँचहजार सचेनामूलक पर्चा पनि वितरण गरिएको छ ।

बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष कुमार भट्टराईको अध्यक्षतामा आयोजित कार्यक्रममा बिर्तामोडमा रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय, रोटरी क्लव अफ बिर्तामोड मिटटाउन, रोट्रयाक्ट क्लव बिर्तामोड मिटटाउन, नेपाल फोटोपत्रकार महासंघ झापा, वीरता जेसीज, लायन्स क्लव अफ बिर्तामोड, मारवाडी सेवा समिति, छठ सेवा समिति लगायतका संघ संस्थाका प्रतिनिधी मार्फत क्षेत्रगत रुपमा समुदायमा वितरण गर्न मास्क हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा नेपाल फोटोपत्रकार महासंघ झापाका अध्यक्ष विनोद पाण्डे, एक्सल बैंक विर्तामोडका मेनेजर दिनेश पोखरेल, जिल्ला ट्राफिक प्रमुख प्रकास राई, इलाका प्रहरी कार्यालय प्रमुख मुकुन्द रिजाल, लायन्स क्लवका अध्यक्ष मोहन मित्तल लगायतको उपस्थिती रहेको थियो ।

बिर्तामोड उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष, प्रदेश सदस्य प्रकास सिवाकोटीले कार्यक्रमको औचित्यमाथी प्रकास पारेका थिए भने कार्यक्रमको संचालन महासचिव प्रसान्त भण्डारीले गरेका थिए ।

अध्यक्ष कुमार भट्टराईले मास्क वितरण गरेका थिए । त्यसैगरी संघका कोषाध्यक्ष मनोज अग्रवाल, सदस्यहरु राजकुमार साह, राधिका हुमागाई, गौरिशंकर गुप्ता लगायतका पदाधिकारीहरु मास्क वितरण कार्यमा सरिक बनेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 284

प्रतिक्रिया (०)

सम्बन्धित खबर