Aamsanchar

आज मध्यये रातीबाट बिर्तामोड लकडाउन हुने, यी क्षेत्र भने खुल्ला रहने

Author Image
आइतवार, साउन १८, २०७७

बिर्तामोड । कोरोना भाइरस कोभिड–१९ को संक्रमण समुदाय स्तरमा फैलिदै गएसँगै झापाको बिर्तामोड नगरपालिका बिर्तामोड नगरपालिकाले नगर क्षेत्रमा बन्दाबन्दी (लकडाउन) गर्ने निर्णय गरेको छ ।

आज राती १२ बजेदेखि लागु हुने गरी अनिस्चितकाल लकडाउन गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ । बिर्तामोडमा समेत कोरोना संक्रमणको जोखिम बढेपछि लकडाउन गर्ने निर्णय गरेको नगर प्रवक्ता अग्नीप्रसाद पाण्डेल बताए ।

स्वास्थ्य क्षेत्र बाहेकका सबै उद्योग व्यवसायहरु पूर्ण बन्द गर्ने, लामोदुरीका सवारीलाई भने बिर्तामोडमा रोक्न नदिई सिधै गन्तव्य तर्फ जान दिने निर्णय भएको छ । त्यसैगरी अतिआवस्य खाद्यलगायतका ढुवानी गर्ने साधनलाई चल्न दिईने भएको छ त्यसमा स्वास्थ्य सुरक्षालाई उच्चतम ध्यान दिनु पर्ने छ ।

आईतबार नगरपालिकामा भएको सर्वपक्षिय बैठकमा प्रतिनिधी, प्रदेश सभाका सांसद नागरिक समाज, कार्यपालिका समिति, उद्योग बाणिज्य संघ, सुरक्षा निकाय, बैकर्स, रेडक्रस लगायतका संघ संस्थाको उपस्तिथी रहेको प्रवक्ता पाण्डेले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 85

प्रतिक्रिया (०)

सम्बन्धित खबर