Aamsanchar

बिर्तामोड खालबाडीमा चिस्यान केन्द्र बन्ने

Author Image
मङ्गलवार, साउन २०, २०७७

बिर्तामोड ।  बिर्तामोड नगरपालिका–७ खालबाडीमा दुग्ध बिकास सस्थान चिस्यान केन्द्र सन्चालनमा आउने भएको छ । स्थानीय समाजसेबी स्वर्गीय देबिभक्त सिटौलाको सम्झनामा उहाँकी धर्मपत्नी पद्मादेवि सिटौला तथा छोराहरु भक्ती सिटौला ,एल पि सिटौला,रमेश सिटौलाले १ कट्ठा जग्गा चिस्यान केन्द्र निर्माणका लागि सस्थाका कर्मचारी ओम खरेललाई जग्गाको धनिपुर्जा हस्तान्तरण गर्नुभएको छ ।

अब कृषकहरुले उत्पादन गरेका दूध तरकारी , फलफुल लगायतका सामाग्री चिस्यान केन्द्रमा राख्न पाउने भएपछी स्थानीयहरु हर्सित भएका छ्न । एक महिना भित्रमा दुग्ध बिकास सस्थानको आर्थिक सहयोगमा अस्थायी रुपमा सन्चालन हुने र भवन निर्माणकोलागि आर्थिक सहयोग स्थानीय सरकारले गर्ने अबिरल कृष्ण खरेलले बताएका छन।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 172

प्रतिक्रिया (०)

सम्बन्धित खबर