Aamsanchar

सुनको भाउ हालसम्मकै उच्च, तोलाको एकलाखमा दुईसय कम

Author Image
मङ्गलवार, साउन २०, २०७७

काठमाडौं । नागरिक कोरोना संकट प्रति सामना गरिरहेको अवस्था छ, जस अनुसार स्वास्थ र खाद्ययन्न बाहेका सबै उत्पादनको माग कम भएको वेला सुनको भाउ भने दिन, रात गर्दै उकालो लागिरहेको छ ।  सुनको भाउ दुई सय रुपैयाँले बढेको छ । सोमबार प्रतितोला ९९ हजार ६ सय रुपैयाँमा स्थिर रहेको सुनको भाउ मंगलबार कारोबारका लागि ९८ हजार ८ सय रुपैयाँ तोकिएको हो ।

आइतबार बढेको सुनको भाउ सोमबार स्थिर रहेको र मंगलबार पुनः बढेर तोलामा लाख पुग्न दुई सय रुपैयाँ कम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबारका लागि तोकिएको सुनको बजार भाउ हालसम्मै उच्च भएको पनि महासंघको भनाइ छ ।

महासंघले आजका लागि तेजाबी सुनको प्रतितोला कारोबार मूल्य भने ९९ हजार ३७५ रुपैयाँ तोकिको छ भने चाँदीको प्रतितोला भाउ १२ यस ३० रुपैयाँ पुगेको छ ।

सुनको भाउ अन्तरािष्ट्रय बजार मूल्यमा निर्भर गर्ने भएकाले मूल्य वृद्धिमा स्थानीय बजारको भूमिका नहुने महासंघका अधिकारी बताउँछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 196

प्रतिक्रिया (०)

सम्बन्धित खबर