Aamsanchar

एक कर्मचारी सहित ४ जनामा कोरोना पुष्टि भएपछी दुहवी लकडाउन

Author Image
मङ्गलवार, साउन २०, २०७७

दुहवी । सुनसरीको दुहवी नगरपालिकाले २ हप्ताकालागी नगर क्षेत्र लकडाउन गर्ने निर्णय गरेको छ । नगरपालिकाका एक कर्मचारी सहित ४ जनामा कोरोना संक्रमण देखिएपछि दुहबीमा लकडाउन गर्नु परेको नगर प्रमुख बेदनारायण गच्छदारले बताए ।
उनले भने ‘नगरपालिकाको स्वास्थ्य शाखा र अति आवश्यक काम बाहेकका सबै सेवा बन्द गरिएको छ । खाद्यान्न पसल भने बिहान ८ बजे देखि १ बजे सम्म खोल्न पाइने छ ।

दुहवी नगरपालिकाका शिक्षा शाखाका अधिकृत विकास घिमिरेका अनुसार नगरपालिकाकै एक कर्मचारी सहित ४ जनामा कोरोना भाइरसको पुष्टि भएपछि लकडाउन गर्ने निर्णय भएको हो । उनले भने, २६ गतेसम्मका लागि लकडाउन गर्ने निर्णय भएको छ, यस क्षेत्रका सबै सरकारी सेवा पनि बन्द गरिएको छ ।

उनका अनुसार अहिले नगरपालिकाका कर्मचारी र अन्य स्थानीयको पनि पीसीआर परीक्षण गर्ने तयारी गरिएको छ । निर्णय उल्लंघन गर्ने पसललाई ५ हजार जरिवाना गर्ने समेत निर्णय भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 200

प्रतिक्रिया (०)