काठमाडौं । विश्वमा कोरोनाभाइरस अर्थात् कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ७ लाख नाघेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार बुधबार बिहानसम्म कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या ७ लाख ३ हजार ३६० पुगेको छ ।
विश्वमा कोरोनाबाट संक्रमित हुनेको संख्या भने एक करोड ८७ लाखनजिक पुगेको छ । कुल सङ्क्रमितमध्ये एक करोड १९ लाख ८ हजार उपचारपछि घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर २ लाख ५४ हजार बढी नयाँ संक्रमित भेटिएका छन् भने ६ हजार २ सय ७७ जनाको मृत्यु भएको छ ।
कुन देशको अवस्था कस्तो ?
अमेरिका
कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका पर्छ । अहिलेसम्म अमेरिकामा १ लाख ६० हजार २७६ जनाको मृत्यु भइसकेको छ । संक्रमितको संख्या भने ४९ लाख १८ हजार २४० पुगेको छ ।
संक्रमितमध्ये २४ लाख ८१ हजार १३४ भने पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ २२ लाख ७६ हजार बढीमा कोरोनाको सक्रिय रहेको छ । संक्रमितमध्ये १७ हजार २१ जनाको अवस्था गम्भीर रहेको छ ।
ब्राजिल
अमेरिकापछि सबैभन्दा बढी संक्रमित हुनेमा ब्राजिल पर्छ । अहिलेसम्म त्यहाँ कोरोनाबाट संक्रमित हुनेको संख्या २८ लाख ८ हजार ७६ पुगेको छ भने कोरोनाका कारण मृत्यु हुेको संख्या ९६ हजार ९६ पुगेको छ ।
संक्रमितमध्ये १९ लाख ७० हजार पूर्णरूपमा निको भएका छन् । अहिले त्यहाँ ७ लाख ४१ हजार बढीको कोरोना सक्रिय रहेको छ । तीमध्ये ८ हजार ३१८ को अवस्था गम्भीर रहेको छ ।
भारत
छिमेकी मुलुक भारत अहिले एसियाकै महामारी केन्द्र बनिरहेको छ । एसियाली देशहरूमा सबैभन्दा बढी कोरोना भाइरसक संक्रमितहरू भारतमै फेला परेका छन् । भारतमा पछिल्लो समय दैनिक संक्रमित संख्या र मृत्यु संख्या झन् बढ्दै गएको छ ।
अहिलेसम्म भारतमा १९ लाख ६ हजार बढी संक्रमित भएका छन् । कोरोनाका कारण ३९ हजार ८२० जनाको ज्यान गएको छ । संक्रमितमध्ये १२ लाख ८१ हजार बढी पूर्ण रूपमा निको भएका छन् । अहिले त्यहाँ ५ लाख ८५ हजार बढीमा कोरोना सक्रिय रहेको छ ।
रूस
रूस पनि कोरोनाभाइरसको नयाँ हटस्पट रूस बनेको छ । अहिलेसम्म त्यहाँ ८ लाख ६१ हजार ४२३ मानिस कोरोनाबाट संक्रमित भएका छन् । कोरोनाका कारण मृत्यु हुनेको संख्या भने १४ हजार ३५१ पुगेको छ ।
संक्रमितमध्ये ६ लाख ६१ हजार बढी पूर्णरूपमा निको भएका छन् । अहिले त्यहाँ १ लाख ८५ हजार बढीमा कोरोना संक्रिय रहेको छ । तीमध्ये २३ सयको अवस्था गम्भीर रहेको छ ।
साउथ अफ्रिका
कोरोनाले भयावह पारेको अर्को देश हो, साउथ अफ्रिका । अहिलेसम्म त्यहाँ कोरोना संक्रमितको संख्या ५ लाख २१ हजार ३१८ पुगेको छ । साउथ अफ्रिकामा कोरोनाका कारण ८ हजार ८८४ जनाले ज्यान गुमाएका छन् ।
कुल संक्रमितमध्ये ३ लाख ६३ हजार ९५८ भने पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ १ लाख ४८ हजारमा कोरोना सक्रिय रहेको छ । तीमध्ये ६ सयको अवस्था गम्भीर रहेको छ ।
मेक्सिको
कारोनाभाइसकका कारण धेरै मृत्यु हुनेमा मेक्सिको पनि पर्छ । अहिलेसम्म त्यहाँ कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४८ हजार १२ पुगेको छ । अहिलेसम्म त्यहाँ ४ लाख ४३ हजार बढी कोरोनाबाट संक्रमित भएका छन् ।
कुल संक्रमितमध्ये २ लाख ९५ हजार पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ एक लाखमा कोरोना सक्रिय रहेको छ भने २९३ को अवस्था गम्भीर रहेको छ ।
पेरू
कोरोनाले भयावह पारेको अर्को देश हो, पेरू । अहिलेसम्म पेरूमा कोरोना संक्रमितको संख्या ४ लाख ३९ हजार ८९० पुगेको छ । पेरूमा कोरोनाका कारण २० हजार ७ जनाले ज्यान गुमाएका छन् ।
कुल संक्रमितमध्ये ३ लाख २ हजार ४५८ भने पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ १ लाख १७ हजारमा कोरोना सक्रिय रहेको छ ।
चीन
कोरोनाको उद्गम स्थल चीनमा कोरोनाबाट ४ हजार ६३४ जनाले ज्यान गुमाएका छन् । चीनमा अहिलेसम्म कुल ८४ हजार ४६४ जनामा कोरोनाको संक्रमण देखिएको छ ।
नेपाल
नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेको छ । संक्रमितमध्ये १५ हजार २६ जना पूर्णरूपमा निको भएका छन् भने ५८ जनाको ज्यान गएको छ ।
श्रोत: न्युज २४