Aamsanchar

दश वर्षीया बालिकासहित झापामा थप आठ जनामा कोरोना पुष्टि

Author Image
बिहिवार, साउन २२, २०७७

बिर्तामोड । पछिल्लो सयम यता झापामा कोरोना संक्रमितको संख्या बढन थालेको छ । नेपाल सरकारले बन्दाबन्दी लकडाउन खुल्ला गरे संगै अन्य मुलकबाट झापामा आउने संख्या बढन थालेपछी संक्रमितहरु को संख्या पनि बढन थालेका हो । त्यस्तै बिहिबार झापामा भारतबाट फर्किएका दश वर्षीया बालिकासहित आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको परीक्षणमा संक्रमणको पुष्टि भएको हो ।

आज थपिएका सबै मेचीनगर नगरपालिकाका रहेको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए । चम्लागाईका अनुसार २५ वर्षभन्दा माथिका सात जना पुरुष र दश वर्षकी एक बालिकामा कोरोना संक्रमण देखिएको हो । उनीहरुलाई थप उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको छ ।

योसँगै झापामा कोरोना संक्रमितको कुल संख्या ३९१ पुगेको छ भने डिस्चार्ज हुनेको संख्या ३४० पुगेको छ । आज मात्र झापाका तीन जना निको भएर घर फर्किएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 394

प्रतिक्रिया (०)

सम्बन्धित खबर