Aamsanchar

प्रधानमन्त्री सहित सचिवालय टिमको पीसीआर रिपोर्ट नेगेटिभ

Author Image
शुक्रवार, साउन २३, २०७७

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली लगायत सचिवालय टिमको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश २ आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादवमा कोरोना पुष्टि भएपछि उनको कन्ट्याक्ट ट्रेसिङमा रहेका प्रधानमन्त्री ओलीलगायतको परीक्षण गरिएको हो । साउन १७ गते बालुवाटारमा भएको प्रहरी समायोजनसम्बन्धी बैठकमा प्रधानमन्त्री, गृहमन्त्री, गृहसचिव, प्रहरी प्रमुख, सातै प्रदेशका कानुन मन्त्रीहरूलगायत उपस्थित थिए ।

बैठकपछि जनकपुर फर्किएका उनको परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । यादवको सम्पर्कमा आएका प्रधानमन्त्रीसहित सचिवालय टिमको परीक्षण गराइएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सबैको स्वाब संकलन गरेर परीक्षण गरिएको जनाए । प्रधानमन्त्री ओलीले भौतिक दुरी कायम राखेर भेट गरेको र यस मामिलामा गम्भीर भएको बताउँदैसबै रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 280

प्रतिक्रिया (०)

सम्बन्धित खबर