Aamsanchar

सत्रबर्ष देखि फरार अभियुक्त झापा प्रहरीको फन्दामा

Author Image
शुक्रवार, साउन २३, २०७७

झापा । झापा प्रहरीले १७ बर्ष अघि हत्यामा संलग्न भई फरार बनेका अभियुक्तलाई पक्राउ गरेको छ ।
२०६० सालमा स्थानीय विरिकलाल माझीको हत्याको घटनामा संलग्न भएको अभियोगमा झापा प्रहरीले दुर्गा बहादुर थापा मगरलाई पक्राउ गरेको हो ।

आफन्तको घरमा लुकेर बसेको अवस्थामा मेचीनगरको धाइजनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापा प्रहरीका प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले पक्राउ परेका अभियुक्तलाई अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको बताए ।

प्रहरीले तयार पारेको प्रतिवेदन यस्तो छ 

मिति २०६०/०७/३० गते अ. २१;३० वजेको समयमा जाहेरवाला बिष्णुलाल माझीको घरमा निजको ससुरा नाताका जिल्ला झापा साविक टाघनडुब्बा गा.वि.स. वडा नं. ४ हाल ऐ. झापा गाउँपालिका वडा नं. ४ वस्ने वर्ष ४५ को बिरिक लाल माझि निजकै छोरीसंग भेटघाट गर्न भनी आएकोबेला साँझ अ. ७/८ बजेतिर घुमफिर गर्न भनी जाहेरवालाको घर भन्दा अ. ५०० मिटरको दुरीमा रहेको मणि कुमार राईको भट्टी पसलमा गएको बेला सो होटलमा बिरिक लाल माझीले चुरोट मागेकोमा पसल संन्चालकको छोरीले चुरोट दिदाँ निजको हातमा छोएको भन्ने बिषयलाई लिएर सोही होटलमा मदिरा सेवन गरीरहेका जिल्ला झापा साविक जलथल गा.वि.स वडा नं.- ८ बस्ने दुर्गा मगर भन्ने दुर्गा बहादुर थापा मगर र खेम फुयल लगायतका व्यक्तिहरुले बहिनीको हात किन समातिस् भन्दै निहु खोज्दै सामान्य कुटपिट गरीरहेको बेला जाहेवाला बिष्णुलाल माझी सोही बेला
बिरीकलाल माझिलाई खाना खानको लागि खोज्दै सोही पसलमा पुगेर मेरो पाहुना हुन एक चोटीलाइ माफि दिनु भनि माफ मागि बिरीकलाल माझीलाई जाहेरवालाले घर ल्याई राखेको र बिरीकलाल माझीलाई घरमै छोडी जाहेरवाला बिष्णु माझि गाँउमा पुजाको निम्तो मान्न भनि गएको मौका छोपि उल्लेखित दुर्गा मगर भन्ने दुर्गा बहादुर थापा मगर समेतका ३।४ जना मानिस पुन जाहेरवालाको घरमै गई निज प्रतिवादीहरुको ३।४ जनाको समुहले बिरीकलाल माझीलाई होटलमा भएको बिबादकै निउले तँलाई मार्छौ भन्दै एक्कासी भुईमा लडाई चिरपट दाउरा र छालाको बुट जुत्ता लगाएको लात्तीले शरीरको यत्रतत्र भागहरुमा प्रहार गरी गम्भिर घाईते बनाई दुर्गा बहादुर थापा मगर समेतका प्रतिवबादीहरु भागि फरार रहेका र निज घाईते बिरिकलाल माझीलाई उपचारको लागी मेची अंचल अस्पतालमा ल्याई उपचार गराउँदा खुट्टाको जोर्नीको भागमा कडा चोट लागी खुस्केको भनी डाक्टरले बताइको र ३/४ दिन सम्म उपचार गराई घरमा लगी राखेको अवस्थामा मिति २०६०/०८/०४ गते बिहानको अ. ०६;०० बजेतिर प्रतिवादीहरुले कुटेको चोटको कारण बिरीकलाल माझीको मृत्यु भएको घटना सम्बन्धमा वारदात पश्चात फरार रहेका प्रतिवादीहरु दुर्गा मगर भन्ने दुर्गा बहादुर थापा मगर समेत उपर मृतकका ससुरा नाता पर्ने बिष्णुलाल माझीले कुटपिट गरी कर्तव्य ज्यान मुद्धामा किटानी जाहेरी दिएको ।सो वारदात पश्चात लामो समय सम्म फरार रहेका प्रतिवादीहरु दुर्गा मगर समेतको नाममा सम्मानित झापा जिल्ला अदालतबाट मिति २०७७।०१।३० गते पक्राउ अनुमति लिई खोजि कार्य तिव्र गरीएकोमा प्रतिवादीहरु मध्येका दुर्गा मगर भन्ने दुर्गा बहादुर थापा मगरलाई जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी निरीक्षक साकार राज पन्तको कमाण्डमा खटिएको बिशेष टोलिले मिति २०७७।०४।२२ गते जिल्ला झापा मेचिनगर न.पा वडा नं. १२ स्थित शहरेडाँगी स्थित रहेको आफन्त मानिसको घरमा लुकिछिपि बसि रहेको अवश्थामा फेला पारी पक्राउ गर्न सफल भयो।निज बारदात पश्चात आफ्नो घर वतनमा नबसी काठमाण्डौ, भारतको कोलकत्ता दार्जिलिङ लगायतका विभिन्न स्थान , वैदेशिक रोजगारीको लागि मलेसिया साथै दुबई देशमा समेत गई बसेको र नेपालमा हुँदा वारदात पश्चात प्राय आफन्तहरुकै घरमा लुकि छिपि बस्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको । निजलाई पक्राउ गर्नसाथ घटनास्थलका प्रत्यक्षदर्सी समेत रहेका जाहेरवाला मृतकको ससुरा नाता पर्ने बिष्णुलाल माझि समेतले निज हाल पक्राउ प्रतिवादी दुर्गा मगर भन्ने दुर्गा बहादुर थापा मगर समेतले नै बिरीकलाल माझिलाई मिति २०६०।०७।३० गते अं. २१;३० बजेको समयमा कुटपिट गरी घाईते बनाएकोमा सोही चोटका कारण निजको मिति २०६०।०८।०४ गते मृत्यु भएकोले निज समेतले ले नै कर्तव्य गरी मारेका हुन भनि सनाखत समेत गरिदएको लगायत,किटानि जाहेरी ,घटनास्थल मुचुल्का ,मृतकको लाश जाँच मुचुल्का बुझ्नु पर्ने मानिसहरुको घटना विवरण कागज लगायतका प्रमाणका आधारमा मिति २०७७।०४।२३ गते सम्मानित झापा जिल्ला अदालतबाट पहिलो पटक दिन ५(पाँच) म्याद थप गरी हाल अनुसनधानको लागि जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखिएको छ । निजहरुले गरेको कसुर मुलुकी ऐन २०२० को ज्यान

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 476

प्रतिक्रिया (०)

सम्बन्धित खबर