Aamsanchar

कोरोना संक्रमण जटिल बन्दै, आइसीयुमा ६४ र भेन्टिलेटरमा ३ जनाको उपचार हुँदै

Author Image
शुक्रवार, साउन २३, २०७७

काठमाडौं। देशभर हाल ६४ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसीयु र भेन्टिलेटरमा उपचारर्थ रहेका छन्।

गण्डकी प्रदेश, कर्णली प्रदेश र सुदूरपश्चिममा बाहेक अन्य प्रदेशमा ६४ जना संक्रमित आइसीयु र भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार ३ जना भेन्टिलेटरमा र ६१ जना संक्रमित आइसीयु उपचारमा रहेका छन्।

आइसीयुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी प्रदेश २ मा रहेका छन्। प्रदेश २ मा ३२ जना रहेका छन् । त्यसैगरी प्रदेश १ मा १, बागमती प्रदेशमा २६ जना आइसीयुमा र ३ जना भेन्टिलेटरमा, प्रदेश ५मा २ जना संक्रमित आइसियुमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 364

प्रतिक्रिया (०)

सम्बन्धित खबर