Aamsanchar

कनकाईका हाटबजार बन्द

Author Image
शनिवार, साउन २४, २०७७

चारपाने । झापाको कनकाई नगरपालिकाले नगर क्षेत्रमा लाग्ने हाटबजार बन्द गर्ने निर्णय गरेको छ ।

कोरोना संक्रमण समुदाय स्तरमा फैलन सुरु भए भएपछि नगरले शनिबार उक्त निर्णय गरेको हो ।

नगर बैठकले साउन २५ देखि भदौ ५ गते सम्म साप्ताहिक बजारहरु पूर्णरुपले बन्द गर्ने निर्णय गरेको विज्ञप्तीका जनाईएको छ । पसल र वित्तिय क्षेत्रहरु भने विहान ९ बजे देखि दिउसो २ बजे सम्म मात्र खुल्ला गर्न पाईने भएको छ ।

Views: 225

प्रतिक्रिया (०)