Aamsanchar

आदीवासी भनेको के हो !

Author Image
आइतवार, साउन २५, २०७७

फोटो : गुगलबाट

‘आदि’ भनेको धेरै पुरानो अथवा पुरानो ऐतिहासिक समयदेखि भन्ने बुझाउँछ, यसर्थमा कुनै पनि ठाउँमा धेरै पुरानो समयदेखि बसोवास गरिरहेका र त्यस भूमीको माटोलाई खनिखोस्री गरेर आफ्नो पुस्ता धानिरहेका कलाकौशल र हस्तकला लगायत थुप्रै मौलिक पहिचान भएका समूदायलाई आदिवासी भनिन्छ ।

२३ डसेम्बर १९९४ को संयूक्त राष्ट्रसघंको साधारण सभाले ९ अगस्तलाई अन्तराष्ट्रिय आदिवासी दिवसका रुपमा मनाउने अवधारणा अगाडी बढाएको हो । संयूक्त राष्ट्रसघंले यसअघि नै सन् १९९४ देखि २००४ सम्म आदिवासी दशक समेत कर्म र मर्यादाकालागि दशक’ भन्ने नाराका साथ आव्हान गरेको थियो । यस दिवसकालागि संयूक्त राष्ट्रसंघको लोगोलाई बङ्गलादेशका कलाकार रेबन देवानले तयार पारेका हुन् । यो लोगोमा हरियो पातका दुईवटा कान जस्तो आकृतिले पृथ्वीलाई दुईपटिबाट घेरेको देखिन्छ ।
मानव सभ्यताको विकाससंगै बसाई-सराइको क्रम शुरु भएपछि क्रमशः आप्रवासीहरुको घनत्व बढ्न गई उनिहरुको पहिचान, अस्तित्व, फरक गुण अनि रितीहरुमा कमी आउन थालेको छ । विश्वको कूल जनसंख्याको ५ प्रतिशत रहेका आदिवासीहरुले विश्वको कूल गरिब जनसंख्याको १५ प्रतिशत भाग ओगटेका छन । पृथ्वीको ध्रुविय क्षेत्रदेखि दक्षिण प्रशान्त किनारसम्म रहेका आदिवासीहरुको पहिचान र उपस्थिती घट्दो क्रममा छ किनकि पछि बसोवास गरेर आएका आप्रवासी समूदायहरु पेशा, पहिचान, बसाई लगायतका विविध कारणहरूले हावी हुँदै आएका छन् ।

संयूक्त राष्ट्रसंघको आदिवासी समूदायको अधिकारसम्बन्धि घोषणपत्रको आर्टिकल १४ मा आदिवासी समूदायले आफ्नो संस्कृती, भाषा, रितीरिवाज र चलनअनुरुप सुहाउँदो शैक्षिक प्रणाली, संस्थाहरु स्थापना र नियन्त्रण गर्न पाउने अधिकार दिएको छ । बिभिन्न अध्यनहरुले स्पष्टसंग आदिवासी र गैर आदिवासी समूदायबिच शैक्षिक अवसर, विकास अनि समष्टिगत रूपमा मानवअधिकारका सुबिधाहरुमा भएको ठूलो असमानता देखाउँदछ । आफ्नो पहिचान र थलोकालागि पुस्ताैदेखि एकैठाउँमा खनि-खोस्री, प्रकृतीसंग पैंठेजोरी खेल्दै आएका आदिवासी समूदाय विश्वकोलागि प्राचिन सम्पत्ति हो र उनिहरुको पहिचानलाई कायम राख्दै विकासको मूलधारमा ल्याउनु विश्व समूदायको प्रमुख चुनौती भएको छ ।

बहु-जाती बहु-धर्म र बहु-संस्कृती भएको हाम्रो देश नेपालका अधिकांश भू-भागमा आदिवासी समूदायहरु छन् र तिब्र रुपमा उनिहरुले आफ्नो पहिचान, रिती अनि मौलिकतालाई जीवित राख्ने भरमग्दूर कोशिस गर्दैगरेको उदाहरण एउटा छ भने अर्को तर्फ त्यहि माैलिकता नयाँ पुस्ताले भुल्दै गएको, पुराना कुराहरुलाई निरन्तरता दिन नसकेको र आफ्नो मौलिक थर समेत परिवर्तन गरेर पहिचान हराउँदै गएको कुराहरू अत्यासलाग्दो छ ।

तितोसत्य के हो भने आदिवासीहरुको बसोवासलाई बिगार्दै अनि उनिहरुलाई बिस्थापित गर्दै बनाइएका शहर, बसाइएका सभ्यता र जोडीएका कारखाना भन्दा उनिहरुको आफ्नो ठाउँमा हुने माैलिक उपस्थिती नै संसार र समूदायकालागि फाइदाकारक हुनेछ ।

आदिवासी समूदायकालागि सहज, सरल र विकसित समाज हामी सबैको दायित्व हो । चाहे हामी गैर आदिवासी हौं या आदिवासी समूदाय हौं, आउँदो पुस्तालाई समाजको यथार्थ चित्र र विकासको उदगमबिन्दुको प्रतिबिम्ब देखाउन जरुरी छ, आदिवासी दिवसको सबैलाई दायित्वबोध होस्, शुभकामना !

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 634

प्रतिक्रिया (०)

सम्बन्धित खबर
छठ पूजाको इतिहास र उत्पत्ति
आइतवार, कार्तिक १८, २०८१
कहाँ कहाँ मनाइन्छ भाइ टीका ?
आइतवार, कार्तिक १८, २०८१
भाइटिकाका विषयमा जनउक्ति
आइतवार, कार्तिक १८, २०८१