Aamsanchar

माडीलाई अयोध्याधाम बनाउन राम मन्दिर निर्माण गर्न प्रधानमन्त्रीबाट निर्देशन

Author Image
आइतवार, साउन २५, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि पनि भगवान श्रीरामको जन्मभूमि नेपालमै भएको आफ्नो अडान दोहोर्याउनु भएको छ ।

प्रधानमन्त्री ओलीले शनिबार  माडी चितवनका जनप्रतिनिधिहरुलाई बालुवाटार बोलाएर भगवान श्रीरामको जन्मभूमि नेपालमै भएको बताउदै अध्योध्याधामको ‘मास्टर प्लान’ बनाउन निर्देशन समेत दिनुभएको छ ।

माडीका जनप्रतिनिधिहरुसँगको करिब दुई घण्टा लामो भेटवार्ताको क्रममा प्रधानमन्त्री ओलीले भगवान रामको जन्मभूमि माडीको अयोध्यापुरी नै भएको ठोकुवा गर्नुभयो ।

उहाँले रामको जन्मभूमि अयोध्यापूरी नै भएको र त्यहाँ भव्य मन्दिर बनाउन जनप्रतिनिधिहरुलाई निर्देशन दिनुभएको जानकारी गराइएको छ ।

उहाँले सो क्षेत्रमा २०७८ को दशैंमा मूर्ति अनावरण गर्ने गरी राम र सीताको मन्दिर बनाउन निर्देशन दिनुभएको जनाइएको छ । उत्खनन् गर्ने भन्दापनि शास्त्रीय मान्यतालाई नै आधार मानेर मन्दिर बनाउनुपर्ने जानकारी गराइएको छ ।

यसका साथै, प्रधानमन्त्री ओलीले माडी नगरपालिकाको नाम परिर्वतन गरेर अयोध्यापुरी राख्नसमेत सुझाउनुभएको जनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 231

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सीता जयन्ती आज
बिहिवार, जेठ ३, २०८१
आज वृष संक्रान्ति
सोमवार, वैशाख ३१, २०८१