Aamsanchar

दोमुखा प्रवेशमा रोक

Author Image
आइतवार, साउन २५, २०७७

समुदायमा कोरोना भाईरसको संक्रमण फैलन नदिन जिल्लाको पर्यटकीय दोमुखा क्षेत्रमा अर्को निर्णय नभएसम्मका लागि शनिबार ३ बजे देखी ‘सिल’ गरिएको छ ।

गर्मीका कारण दोमुखा आउने सर्वसाधरणको संख्या दिनहु बढेपछि बाध्य भएर दोमुखा क्षेत्र ‘सिल’ गरिएको वडा अध्यक्ष कर्णवहादुर थापाले बताए । उनका अनुसार दोमुखा प्रवेश गर्ने हरेक नाकामा सुरक्षाकर्मी परिचालित छन् । दोमुखा पुग्न अगावैको सरदारे नाका, माईधाम हुदै दोमुखा जाने बाँधको नाका अर्को निर्णय नहुञ्जेल सम्मका लागि बन्द गरिएको छ ।

दोमुखा र धनुषकोटी जोड्ने कनकाई नदिमा निर्माण भएको झोलङ्गे पूल पनि ‘सिल’ गरिएको छ । वडा अध्यक्ष थापाका अनुसार धनुषकोटी धामबाट झोलुङ्गे पुल हुदै दोमुखा आउने सर्बसाधरणको एक मात्र बिकल्प हो । दोमुखा क्षेत्रका स्थानीय बासिन्दाले अब स्थानीय प्रशासनको अनुमती बिना बाहिर निस्कन पाउदैनन् । अति जरुरी काम पर्यो भने प्रहरीको समन्वयमा मात्र दोमुखा क्षेत्र बाहिर निस्कन पाउने अध्यक्ष थापाले बताए ।

जिल्लामा बिर्तामोड, कनकाई र अर्जुनधाराका स्थानीय पालिकामा समुदायमा कोरोना फैलिएको भन्दै ति पालिकाले सर्वसाधरणको आवत जावतमा कडाई गरेको थियो । कडाई गरेका पालिकाका स्थानीय गर्मी छल्न भन्दै दोमुखा र सताक्षीधाम आउनेक्रम बढेपछि शिवसताक्षी नगरले कोरोना संक्रमण फैलिन सक्ने सम्भावनालाई रोक्न दोमुखा क्षेत्रमा आवतजावतमा गर्न निषेध गरिएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 396

प्रतिक्रिया (०)

सम्बन्धित खबर