Aamsanchar

प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ४ सय २३

Author Image
आइतवार, साउन २५, २०७७

झापा । प्रदेश १ मा आइतबार कोरोना भाइरसका ४० जना संक्रमित थपिएका छन् । मोरङमा २९, सुनसरीमा ६ र झापामा ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १० महिला १९ पुरुष, सुनसरीको धरानमा १ महिला २ पुरुष, इटहरीमा १ महिला १ पुरुष, बर्जुमा १ पुरुष, झापाको बा¥हदशीमा १ महिला १ पुरुष, अर्जुनधारा २ र दमकमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ४ सय २३ पुगेको छ । प्रदेश १ मा आज ५ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत मोरंगका ३, उदयपुर र सुनसरीका १–१ जना डिस्चार्ज भएका हुन ।

प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ९ सय १५ पुगेको छ । प्रदेश १ मा आज १ हजार १ सय ८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १३ महिला र २७ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हाल सम्म ५३ हजार १ सय ३३ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 70

प्रतिक्रिया (०)

सम्बन्धित खबर