Aamsanchar

पुर्पक्षकोलागि बौदल कारागार चलान

Author Image
आइतवार, साउन २५, २०७७

झापा । झापा अदालतले चौध बर्ष अघि ज्यान मुद्धा अभियोग लागेपछि फरार बनेका एक व्यक्तीलाई पुर्पक्षको लागि कारागार चलान गर्ने आदेश दिएको छ ।

कारगार चलान हुनेमा झापा मेचीनगर नगरपालिका–५ का बौदल लामगाधे ( पुण्यप्रसाद विश्वकर्मा ) रहेका छन् ।

झापा जिल्लाको झापा गाउँपालिका वडा नं. ३ स्थित कामाटोलि बजारबाट नसोधि साईकल ल्याएको बिषयमा लामगाधेले कुटपिट गर्दा २०६३ साल चैत्र २४ गते स्थानिय नत्थु बि.कलाई घाईते बनाएका थिए । घाईते विकलाई उपचारको लागि विराटनगर लाने क्रममा उनको मृत्यु भएको थियो ।

मृतकका ससुरा राम बहादुर बि.क ले बौदल लामगाधे उपर कर्तव्य ज्यान मुद्धामा किटानी जाहेरी दिएका थिए । सो पश्चात लामो समय लामगाधे फरार रहेका थिए । झापा प्रहरीले पुराना आरोपित फरार अभियुक्तहरुलाई खोजी गर्ने क्रममा अभियुक्त मध्ययका एक लामगाधे  १७ बर्ष पछाडी असार ३ गते पक्राउ परेका थिए ।

झापा जिल्ला अदालतले लामगाधेलाई पक्राउन गर्न गत बैशाख ३० गते पक्राउ अनुमति लिई खोजिकार्य सुरु गरेको थियो ।

पक्राउ परेका बौदल लामगाधेलाई आईतबार जिल्ला अदालत झापामा पेश गर्दा अदालतको आदेशले प्रतिबादी लामगाधेलाई पुर्पक्षको लागि कारागार चलान गर्ने आदेश भएपछि आजै झापा कारगार चलान गरिएको झापा प्रहरीका सुचना अधिकारी राकेश थापाले जानकारी दिएका छन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 257

प्रतिक्रिया (०)