Aamsanchar

बुद्ध कहाँ जन्मिएका हुँन भन्ने भ्रमको अन्त्य, भारतले भन्यो बुद्धको जन्मभूमि नेपाल नै हो

Author Image
सोमवार, साउन २६, २०७७

काठमाडौँ । भारतको विदेश मन्त्रालयले बुद्ध नेपालमै जन्मेको स्पष्ट पारेको छ । शनिबार भारतका विदेशमन्त्री डा. एस जयशंकरले बुद्धलाई महान् भारतीय भनेपछि उक्त अभिव्यक्तिको नेपालमा चर्को विरोध भएको थियो ।

नेपालको परराष्ट्र मन्त्रालयले बुद्ध नेपालमा जन्मिएको भनेको थियो । मन्त्रालयले पुरातात्विक र ऐतिहासिक तथ्यले नै बुद्धको जन्मभूमि नेपाल भएको जनाएको थियो । शनिबार साँझ भारतको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवाले बुद्ध नेपालको लुम्बिनीमा जन्मेकोमा कुनै शंका नभएको बताएका हुन् । उनले यस विषयमा थप स्पष्ट पार्दै विदेशमन्त्री जयशंकरले बौद्ध धर्मका सम्पदा नेपाल र भारत दुबै देशको साझा भएको बताउन खोजेको उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 198

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सीता जयन्ती आज
बिहिवार, जेठ ३, २०८१
आज वृष संक्रान्ति
सोमवार, वैशाख ३१, २०८१